• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाँचपोखरीको लगातार दोस्रो जित


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • काठमाडौं । छैटौँ संस्करणको जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ ।

    Advertisement

    सोमबारको पहिलो खेलमा पाँचपोखरी क्रिकेट क्लबले माइटी साँगाचोकलाई हराउँदै ५६ रनको जित निकालेको हो । खेलमा टस जितेर ब्याटिङमा आएको पाँचपोखरीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रनको योगफल खडा गरेको थियो ।

    पाँच पोखरीका विवेक रानामगरले ३० रन बनाएका थिए । लाक्पा लामाले ३५ रन, आर्यन धितालले ३२ रन जोड्दा कप्तान सार्थक धितालले २८ रनको योगदान दिएका थिए ।

    १९० रनको लक्ष्यसहित मैदान उत्रिएको माइटी साँगाचोकले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३३ रनमात्र बनाउन सक्यो ।

    माइटीका लागि नवराज थापाले उत्कृष्ट ब्याटिङ गर्दै ५८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । मिलन थापाले ३३ रन जोड्दा अन्य ब्याटरहरूले भने उल्लेख्य योगदान गर्न सकेनन् ।

    सोमबारै भएको दोस्रो खेलमा भोटेचौर स्पोर्ट्स क्लबले साँगाचोकगढी नगरपालिकालाई ४१ रनले हरायो । टस जितेर ब्याटिङ गरेको भोटेचौर स्पोर्ट्स क्लबले २० ओभर खेल्दै ८६ रनको योगफल तयार पारेको थियो ।

    भोटेचौरका राजीव चौलागाईंले १७ रन बनाएका थिए । अभिषेक चौलागाईले १४ र कुशल चौलागाईंले १३ रनको योगदान दिए ।

    ८७ रनको लक्ष्य पछ्याउने क्रममा साँगाचोकगढी नगरपालिका १०.४ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सक्यो ।

    भोटेचौरबाट सरिन कार्कीले चार विकेट लिए । प्लेयर अफ दी म्याच चुनिएका सरिनले तीन ओभरमा जम्मा चार रन मात्र खर्चेर महत्त्वपूर्ण चार विकेट लिएका थिए ।

    लगातार दोस्रो हार बेहोरेको साँगाचोकगढी नगरपालिका प्रतियोगिताबाटै बाहिरिने पहिलो टिम बनेको छ ।

    छैटौँ संस्करणको पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    मासिक राशिफल: वैशाख २०८३

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer