काठमाडौं । युवामा मानसिक अस्वस्थता कति छ भन्नेबारे नेपालमा कुनै तथ्यांक छैन। यद्यपि, विश्वका २० प्रतिशत युवा मानसिक स्वास्थ्य समस्याको अवस्थामा रहेको आधारमा नेपालमा पनि सोही प्रतिशत प्रभावित भएको हुन सक्ने अनुमान गर्न सकिन्छ।
विभिन्न अध्ययनका आधारमा ८५ देखि ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या निम्न र कम आय भएका देशका युवामा छ भने ५ प्रतिशत उच्च आय भएका देशमा।
कारण
– वंशाणुगत, व्यक्तित्व र अभिभावकको उच्चआकांक्षाको स्तर
– बाल्यावस्थाको आधार र बाल्यकालीन संवेगात्मक बेवास्ता
– रुचि र करिअर छनोटमा तालमेल नहुनु
– सामाजिक सांस्कृतिक गलत प्रतिस्पर्धा
– पारिवारिक झैझगडा
– वैवााहिक जीवन सोचेजस्तो नहुनु
– बेरोजगारी, वैदेशिक रोजगारी र पारिवारिक बिछोड
लक्षण
– उदासी देखिने, बढी चिन्ता भएर रुने
– भोक र तौलमा परिवर्तनमा आउने
– रुचि र मन पर्ने गतिविधिमा कमी आउने
– ऊर्जामा कमी र ध्यानकेन्द्रित गर्न कठिनाइ
– अपराधी वा असहाय भावना आउने
– निन्द्रा वा सुत्ने बानीमा परिवर्तन आउने
– आत्महत्याको सोचाइ आउने
– स्कुलपछिका गतिविधि वा साथीहरूबाट टाढिने
– विद्यालयको पढाइ र प्रदर्शन बिग्रने
समाधानका उपाय
– युवाको रुचिअनुसारका काममा संलग्न हुने खालको रोजगारी सिर्जना गर्न करिअर मनोविमर्शको व्यवस्थासहितको शैक्षिक व्यवस्थापन गर्नु पर्छ
– युवालाई आनन्द प्रदान गर्ने व्यवहारमा संलग्न हुनका लागि अनिवार्य रूपमा जीवनउपयोगी सीपको जानकारी गराउने
– युवासम्बन्धी संघसंस्थाले तालिमका कार्यक्रममा मानसिक स्वास्थ्यका कार्यक्रमलाई पनि अनिवार्य संलग्न गराउने
– वैदेशिक रोजगारीमा जाने युवालाई अनिवार्य सांस्कृतिक समायोजन, कार्यस्थल मानसिक स्वास्थ्यको अवधारणा र स्व-हेरचाहका विधिको तालिम सञ्चालन गर्ने
– अति तनावपूर्ण जीवनशैली भएका व्यवसाय जस्तै- स्वास्थ्य, उद्योग र कलकारखानामा संलग्न युवालाई लक्षित गरेर कार्यस्थल मानसिक स्वास्थ्यको सचेतना फैलाउने
– युवालाई वैवाहिक जीवनमा बाँधिनुपूर्व वैवाहिक मनोविमर्शमा लगेर अनिवार्य मनोशिक्षा प्रदान गर्ने
– युवालाई नै संलग्न गरेर युवा मानसिक स्वास्थ्य प्रबर्द्धनकर्ताको संयुक्त सञ्जाल निर्माण गरी अन्तर व्यवसायिक मानसिक स्वास्थ्यको जानकारी गराउने
– राज्यले आफ्ना मातहतका निकायका युवा कर्मचारीको मनोवैज्ञानिक परीक्षणको माध्यमबाट उनीहरूको अवस्थाको जानकारी लिई मानसिक स्वास्थ्यको बारेमा अनिवार्य रूपमा पाठ्यक्रममा व्यवस्था गर्ने
– मानसिक स्वास्थ्यसम्बन्धी निश्चित नीति र कार्यक्रम निर्माणको आवश्यकता




