आज २०८३ जेठ १९ गते (२ जुन २०२६) मंगलवार, ज्येष्ठ अधिक कृष्णपक्ष द्वितीया तिथि, १७ः२५ बजेपछि तृतीया। मूल नक्षत्र। चन्द्रराशि धनु। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सामान्य काममा अलमलिँदा मुख्य कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहार–विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। मिहिनेतले नियमित काम सम्पादन गर्न सकिनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
माहोल रमाइलो रहनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।अतिथिको रूपमा सत्कार पाइनेछ। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम सुरु हुने समय छ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजय प्राप्त हुने समय छ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुनेछ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा राम्रै अवसर पाइनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। बेलैमा योजना बनाएर काम प्रारम्भ गर्दा दिगो फाइदा हुनेछ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। केही विवादास्पद जिम्मेवारी आउन सक्छन्। बलभन्दा बुद्धिकाे उपयाेगले योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अध्ययनतर्फ ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति–नियमलाई ध्यान दिनुहाेला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। तर काममा प्रतिस्पर्धी बढ्नेछन् भने सहयोगीहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। तापनि स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। पछिका लागि आर्थिक जोहो गर्नुपर्ने समय छ। व्यापार लगायत व्यावसायिक काममा भने केही मन्दी आउन सक्छ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ।





