यतिबेला पहाडका जंगलहरुमा केही चराचुरुङ्गी कराएको आवाजले ‘काफल पाक्यो’ भनेजस्तै सुनिन्छ । काफल पाकेकै पनि हुन्छ । काफल पाकेपछि बनजंगल हराभरा हुन्छ । चराचुरुङ्गी रमाउँछन् । उनीहरुले चारोको लागि अन्यत्र जानुपर्दैन । यस्तै बुझाई छ ।
नेपाली समाजमा प्रचलित एउटा लोककथा छ, चारोको खोजीमा चाराले आफ्ना बच्चाहरु छाडेर अन्तै गएको । पछि जंगलमा काफल पाक्यो । ति बच्चाहरुले चारोको खोजीमा गएका आफ्ना बुवालाई बोलाए, ‘काफल पाक्यो, काफल पाक्यो’ भन्दै ।
काफलको औषधीय गुण
काफल अमिलो-गुलियो एवं रसिलो फल हो । यो फलले जिब्रो मात्र लोभ्याउँदैन, यसमा औषधिय गुण पनि हुन्छ । विभिन्न समस्यामा काफलको दाना, बोक्रा प्रयोग गर्न सकिन्छ ।
ज्वरो आएमा, घाँटीको समस्या भएमा, दम बढेमा, रगतको कमी भएमा काफलको सेवन उपयोगी हुन्छ । खाना अरुची भएमा काफलको सेवनले लाभ मिल्ने बताइन्छ । साथै मधुमेह रोगको लागि पनि यो रामबाण हो । आयुर्वेद विशेषज्ञहरुले यसमा एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइने बताएका छन् । यस फलको सेवनले मुटु लगायत क्यान्सर रोगको जोखिम कम गर्ने बताइन्छ ।
कानको रोग, आँखाको रोग, अनियमित मासिक स्राव, टाउको दुखाई आदिमा काफलको धुलो, बोक्रा आदिको औषधी बनाएर सेवन गर्दा लाभ मिल्ने बताइन्छ ।
यसैगरी दम, नपुंशकतामा समेत काफल उपयोगी हुन्छ । बाहिरी घाउचोट निको बनाउन काफलको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ ।
१. सिजनमा नियमित ५०-१०० ग्राम पाकेको काफल खानाले मुख तथा जिब्रोमा आउने घाउ खटिरा निको हुन्छ ।
२. स्वर बसेको, दाँतको रोग, रक्त विकार, कब्जियत, पेटसम्बन्धी रोगहरूमा यसको प्रयोगले अत्यन्त लाभ मिल्दछ ।
३. चार-पाँच ग्राम काफलको बोक्राको धुलोमा एक-दुई चम्चा मह मिलाएर दिनको दुई पटक सेवन गर्नाले श्वासको दुर्गन्धलाई हटाउँछ ।
४. शरीर पोल्ने, झम्झमाउने, ज्वरो आउने, वात रोग, दाँत तथा पेटको अर्सा आदिलाई ठिक गर्छ । स्वर राम्ररी खुल्छ ।
५. एक चिम्टी काफलको बोक्राको धुलोलाई अस्ताउँदो र उदाउँदो सूर्यतिर फर्केर नस लिनाले पुरानो पिनास उत्रन्छ र टाउको दुखेको छ भने पनि ठिक गर्छ ।




