• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

उखु महोत्सवबाट किसान उत्साहित


  •   शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
  • गुल्मी । छत्रकोट गाउँपालिकामा आयोजना गरिएको उखु महोत्सवबाट उखु किसान उत्साहित बनेका छन् । उखुको उत्पादनलाई थप व्यावसायिक बनाउँदै त्यसको प्रवद्र्धन र विकासका लागि गाउँपालिकाले वडा नं ४ अन्तर्गत दिगामा शुक्रबार एकदिने उखु महोत्सवको आयोजना गरेको छ ।

    Advertisement

    पालिकालाई उखुमा आत्मनिर्भर बनाउनका लागि आयोजना गरिएको महोत्सवमा पराम्परागत शैलीमा गोरुको प्रयोग गरी उखु पेल्ने, खुदो र गुँड बनाउने कार्यका अतिरिक्त उखुको रसबाट उत्पादित सामग्रीलाई प्रदर्शनीमा राखिएको थियो ।

    महोत्सवमा स्थानीय जातको सेतो कोसेर, रातो कोसेर, कालो कोसेर, जीतपुर कोसेर एवं पुरानो जातका उखु प्रदर्शन गरिएको थियो । गाउँपालिकाको वडा नं ४ स्थित दिगाममा पहिलो पटक सञ्चालन गरिएको महोत्सवमा उखुको महत्व र त्यसको उपयोगिताका बारेमा विभिन्न गीत तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

    उखु महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले छत्रकोटको कृषि क्षेत्रमा नौलो कार्यक्रम गर्ने सो पालिका रहेको बताउनुभयो । उहाँले छत्रकोटले उखुखेतीका माध्यमबाट आर्थिकोपार्जन गरी समुन्नति हासिल गर्नसक्ने बताउनुभयो ।

    महोत्सवमा गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले उखुको प्रवद्र्धन र विकाससँगै किसानलाई अझ बढी व्यावसायिक बनाउन लागि उखु महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले महोत्सवले किसानमा आफ्ना उत्पादन बिक्री गर्न र त्यसको प्रचारप्रसार गर्न थप मद्दत पुगेको बताउनुभयो ।

    कार्यक्रममा उखु महोत्सवका संयोजक एवं व्यावसायिक उखु कृषक रामकृष्ण न्यौपानेले गाउँमा आयोजना गरिने यस्ता प्रकारका मेला महोत्सवले किसानलाई पनि थप उत्प्रेरणा जगाउने काम गरेको बताउनुभयो । यसबाट उखु किसान थप उत्साहित बनेको भन्दै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

    महोत्सवमा गाउपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनलगायतका व्यक्तिले महोत्सवले उखु किसानलाई थप हौसला बढाएको बताउनुभयो । गाउँपालिकामा मात्र तीन सय किसान व्यावसायिक उखुखेतीमा लागेका छन् ।

    जिल्लाको खेतीयोग्य जमिनमध्ये एक सय ९० हेक्टर क्षेत्रफलमा व्यावसायिकरुपमा उखुखेती गरिएको छ । यस वर्ष जिल्लामा पाँच सय ८९ मेट्रिकटन उखुजन्य पदार्थ (खुदो र गुड) उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख भण्डारीले जानकारी दिनुभयो । जिल्लामा यस पटक रु पाँच करोड ४५ लाख बराबरको उखुजन्य पदार्थ उत्पादन भएको जनाइएको छ ।

    शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer