काठमाडौं । नेपाली आकाशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा आज ४ प्रदेशका पहाडी इलाकामा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनसार आज दिउँसो देशभरको पहाडी भूगोलमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै, कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस्तै, कोशी, वागमती र गण्डकीका पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।




