• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आईफोनका यी ७ फिचर, जुन तपाईँलाई थाहा नहुन सक्छ


  •   सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । लोकप्रिय मोबाइल ब्रान्डमध्ये आईफोन एक हो । यसमा धेरै फिचरहरू छन्, जुन एक सामान्य प्रयोगकर्तालाई थाहा नहुन पनि सक्छ । यदि यी फिचर थाहा पायौं भने आईफोन प्रयोग गर्ने तरिका पनि केही हदसम्म स्मार्ट हुन जान्छ । तपाईंसँग आईफोन छ वा किन्ने सोचमा हुनुहुन्छ भने यी फिचर थाहा पाइराख्न जरुरी छ । आज हामी आईफोन चलाउने केही टिप्सबारे जानकारी दिँदै छौं:

    Advertisement

    १. वेब आर्टिकलका लागि सिरी

    यदि तपाईंलाई अडिओ बुक मन पर्छ, अथवा कुनै पनि लेख पढिरहने फुर्सद छैन भने एप्पलको भोइस एसिस्टेन्ट सिरी निकै उपयोगी हुन सक्छ । तपाईंले कुनै पनि आर्टिकल पढ्ने काम सिरीलाई लगाउन सक्नुहुन्छ । यसका लागि तरिका पनि सामान्य छ ।

    यो काम गराउन कुनै पनि आर्टिकल खोलेर ‘हेई सिरी, रिड द आर्टिकल’ मात्र भन्नुपर्ने हुन्छ । त्यसपछि सिरीले उक्त आर्टिकल पढ्न थाल्छ । त्यसक्रममा तपाईंले अन्य एप पनि चलाउन सक्नुहुन्छ । साथै ‍उक्त लेख सिरीलाई पढेर सिध्याउन कति समय लाग्छ भन्ने पनि देख्न सक्नुहुन्छ ।

    २. धेरै ओटा टाइमर

    आईफोन प्रयोगकर्ताका लागि केही समय अघिसम्म धेरै ओटा टाइमर राख्नु समस्या थियो । अहिले भने एप्पलले यो समस्यालाई केही हदसम्म भएपनि समाधान गरेको छ । किनकी एप्पलले यो फिचर आईफोनका सीमित मोडलमा उपलब्ध गराइसकेको छ । टाइमर खासै प्रयोग नहुने भएता पनि कहिल्यैकाहीँ आवश्यक पर्न सक्छ । त्यस्तोमा तपाईंले आईफोनमा धेरै ओटा टाइमरहरू एकै साथ राख्न सक्नुहुन्छ ।

    ३. हस्तलेखन

    आईफोनमा दिइने पुरानो मध्येको एक टिप्स हो, हस्तलेखन । अर्थात् आईफोनमा हातैले लेख्न सक्नु । कुनै नोट्स बनाउन होस् या आईमेसेजमार्फत कसैलाई मेसेज पठाउन, तपाईंले यो फिचर प्रयोग गर्न सक्नुहुन्छ । आईमेसेजमा हातले मेसेज लेख्न ‍फोनलाई तेर्सो पार्नु पर्ने हुन्छ, त्यसपछि तल्लो भागको दायाँतिर कलमको चिन्ह देखिन्छ, त्यसमा क्लिक गरेपछि हातले लेख्ने नयाँ इन्टरफेस खुल्छ ।

    ४. एक क्लिकमा स्क्रिन अन

    स्क्रिन अफ भएको समयमा एक क्लिक गरेर अन गर्ने फिचरले आईफोन चलाउने अनुभवलाई निकै सजिलो बनाउँछ । तर यो फिचरका लागि तपाईंले आफ्नो सेटिङ मिलाउनु पर्ने हुन्छ ।

    यसका लागि तपाईंले सेटिङ>जेनेरेल>एक्सेसिबिलिटी हुँदै ‘ट्याप टू वेक’ भन्ने विकल्पमा जानुहोस् । जब तपाईंले यो विकल्प अन गर्नुहुन्छ, त्यसपछि अफ भएको स्क्रिन एक क्लिकमै अन गर्न सक्नुहुन्छ । यदि यो विकल्प अन छैन भने तपाईंले त्यसो गर्न सक्नुहुन्न ।

    ५. फोनलाई ढिलो बनाउने एप डिलिट गर्नु

    धेरै ओटा एप डाउनलोड गर्दा फोन ढिलो चल्ने समस्या आउन सक्छ । यही कारण खासै प्रयोग नहुने एपलाई डिलिट गर्नु बुद्धिमत्ता मानिन्छ । आफ्नो आईफोनमा कुन एप कम चलेको छ भन्ने थाहा पाउन सेटिङ>जेनेरेल हुँदै स्टोरेजमा जानुहोस् । त्यहाँ तपाईंले एप खोलेको अन्तिम मिति र तिनले ओगटेको स्टोरेजबारे जानकारी पाउन सक्नुहुन्छ । त्यसपछि कम प्रयोग हुने अथवा बढी स्टोरजे खपत गरेका एपलाई तपाईं डिलिट गर्न सक्नुहुन्छ ।

    ६. दोहोरिएका फोटो डिलिट

    आईफोनमा स्टोरेज कम भएपछि त्यसलाई खाली गर्ने एउटा तरिका मध्येमा पर्छ, दोहोरिएका फोटो डिलिट गर्नु । यसका लागि आफ्नो फोटोज एपमा जानुहोस् । त्यहाँ एल्बममा क्लिक गरेर स्क्रोल गर्दै तल जानुहोस् । केही तल स्क्रोल गरेपछि त्यहाँ डुप्लिकेट भन्ने विकल्प देखिन्छ । त्यसमा क्लिक गरेर तपाईंले दोहोरिएका फोटोलाई मर्ज गर्न वा डिलिट गर्न सक्नुहुन्छ ।

    ७. स्क्रिन रेकर्डिङका क्रममा आफ्नो आवाज रेकर्ड गर्नु

    यदि तपाईं स्क्रिन रेकर्डिङ गरेर कसैलाई केही सिकाइरहनु भएको छ भने आईफोनको यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि सेटिङ>कन्ट्रोल सेन्टर>कस्टमाइज कन्ट्रोल हुँदै स्क्रिन रेकर्डिङमा जानुहोस् । अनि जब स्क्रिन रेकर्डिङ सुरु हुन्छ, सँगै रहेको माइक्रोफोनको बटन पनि क्लिक गर्नुहोस् ।

    सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer