काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपाली आकाशमा हाल स्थानीय वायुका साथमा देशको पूर्वी भेगमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव छ।
Advertisement
सोही मौसमी प्रभावका कारण आज दिउँसो कोशीमा साधारणदेखि पूर्ण बदली, मधेश, वागमती र गण्डकीलगायत बाँकी पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै, कोशीका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम तथा मधेश प्रदेशसहित बाँकी पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण, मधेश, वागमती र गण्डकीलगायत बाँकी पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
यस्तै, कोशीका केही स्थानमा हल्कादेखि मध्यम तथा मधेशसहित बाँकी पहाडी भूभागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ।




