काठमाडौं । स्थानीय वायु र देशको पूर्वी भागमा रेमल चक्रवातको प्रभावका कारण तीनवटा प्रदेशमा वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
आज दिउँसो कोशी प्रदेशसहित पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी प्रदेशसहित पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका थोरै तथा वागमती र गण्डकीका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।




