काठमाडौं । बंगलादेशको आकाशमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण आज ४ प्रदेशमा वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशीका थोरै तथा वागमती र गण्डकीका पहाडी भेगमा १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। कोशी, मधेश, वागमती र गण्डकीका थोरै तथा लुम्बिनीका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।




