• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भारतमा विद्युत निर्यातबारेको समाचार, फस्दै कुलमान


  •   शनिबार, जेठ १९, २०८१ मा प्रकाशित
  • काठमाडौं । पहिलो कार्यकालमा वाहवाही पाएका कुलमान दोस्रो कार्यकालमा विवादमा फस्दै गएका छन, खासगरी बिद्युत निर्यात सम्बन्धमा । बजारमा कुलमान झुठा रहेछन् र झुठको खेती गर्न सिपालु रहेछन भन्ने चर्चा चलेको बताईन्छ । यसपाली पनि यस्तै देखियो ।  चर्काे गर्मीमा तराईका जनता लोडसेडिङमा रहेका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको सचिवालयबाट रेडिमेड समाचार आयो, भारतमा विद्युत निर्यात सुरु भयो।

    Advertisement

    नेपालमा हिउँद र गर्मीमा विद्युत उत्पादन कम हुँदा भारतबाट आयात भइरहेको थियो। विद्युत पुर्याउन नसक्दा औद्योगिक क्षेत्रमा लोडसेडिङ भइरहेको थियो भने तराईमा कतिखेर बत्ती जान्छ ठेगान छैन। काठमाडौंमा पनि अघोषित रुपमा लोडसेडिङ छ।

    तर, नदीहरूमा पानीको बहाव बढेर बिजुली उत्पादन बढेको भन्दै सोमबार रातिबाट (राति दैनिक चार सय मेगावाटसम्म र दिउँसो दुई सय मेगावाटसम्म बिजुली विद्युत् निर्यात भइरहेको बतायो। यो खबर मिडियामा प्राथमिकताका साथ आए। तर, बिहीबार खबर सार्वजनिक भएपछि त्यसको भेद भने शुक्रबार खुलेको छ।

    नपाल उद्योग परिसंघ (सीएनआई) ले उद्योगहरुमा विद्युत कटौती विद्युत् प्राधिकरणले निर्यात गरेको खुलासा गरिदिएपछि कुलमानको झुटको भण्डाफोर भएको हो ।

    परिसंघले विज्ञप्ति जारी गर्दै नेपालका उद्योगहरुमा लोडसेडिङ्ग यथावत रहेको भन्दै विद्युत प्राधिकरणले दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको विषयमा आपत्ति जनाएको हो। ‘सरकारले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहँदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौँ’, परिसंघले भनेको छ।

    विद्युत उत्पादन कम हुँदा आयात गरेरै भए पनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दै आएकोमा प्राधिकरणले विद्युत आयात गर्दा महङ्गो पर्ने तर्क गर्दै विद्युत आयात नै नगरेको आरोप लगाएको छ। पूर्वी क्षेत्रका उद्योगहरु विगत तीन महिनाअघि देखि पर्दै आएका छन् ।

    ‘अहिले विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको छ। प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

    नेपालले खासगरी बर्खामा भारतमा सस्तो दरमा विद्युत निर्यात गर्छ। हिउँद र गर्मीयाममा महँगोमा विद्युत किन्छ। भारतसँगको विद्युत व्यापार घाटामा चलिरहेको छ। तर, सरकार, प्राधिकरण र कुलमान घिसिङ भने भारतमा विद्युत निर्यात हुने गरेको गफ लगाउन पछि पर्देनन्।

    आगामी बर्खामा दैनिक १२ सय मेगावाटसम्म बिजुली बेच्ने लक्ष्य प्राधिकरणले राखेको छ। चालू आर्थिक वर्ष ०८०–८१ मा २१ मंसिरदेखि भारतबाट बिजुली आयात गरिएको छ । चालू आवमा १५ अर्ब ६२ करोड रुपैयाँको बिजुली आयात भएको छ भने जेठ १७ सम्म १३ अर्ब ४७ करोड रुपैयाँको निर्यात भएको छ ।

    शनिबार, जेठ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer