काठमाडौं । लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम को लायन वर्ष २०२४/२५ को बागमती गुल्मी अर्धाखाचि क्षेत्रको पिभिएसटि स्कूलिग कार्यक्रम हिजो काठमाडौंमा डिस्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा यस क्षेत्रका कुल ६८ क्लवहरु मध्ये ५७ क्लववाट १६३ जनाको सहभागिता भएको थियो । विहान करिव ९ः०० बाट शुरु भएको कार्यक्रम, लायन्स क्लब, यसको स्थापनाको ईतिहास, नेपालमा लायन्सको स्थापना र हालको अवस्था, अन्तराष्ट्रिय क्षेत्र तथा नेपालमा लायन्सको मानविय सेवा र यसले समाज परिवर्तनमा खेलेको महत्वपुर्ण भुमिकाको सम्वन्धमा चर्चा गरिएको थियो । साथै क्लबका निर्वाचित अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको काम कर्तव्य र अधिकार सम्वन्धमा छुट्टाछुट्टै प्रशिक्षण दिईएको थियो ।
लायन्स सदस्यहरुको सहभागीताको आधारमा यस पिभिएसटी कार्यक्रम ऐतिहासिक भएको लायन वर्ष २०२४/२५ का गभर्नर चण्डी प्रसाद अर्यालले वताउनु भयो । केहिदिन अघि पोखरामा र काठमाडौ आज भएको कार्यक्रममा यहांहरुले जनाउनु भएको उच्च सहभागिताले आफुमा निक्कै उर्जा थपिएको महशुस भएको वताउदै उहांले गभर्नर एक वर्षको लागी अस्थाई पात्र हो, मुख्य तथा स्थाई पात्र त तपाई हरेक लायन सदस्यहरु हो भन्दै, लायन वर्ष २०२४/२५ मा हाम्रो डिस्ट्रिक्टको उचाई कति माथि पुर्याउने भन्ने कुरा हरेक लायन सदस्यमा निर्भर रहेको वताउनु भयो । उहांले, बचेको धन र समय, समाजमा आफु भन्दा निम्न वर्गको लागी खर्च गर्नु र मानव सेवा मार्फत समाज परिवर्तनको पक्षमा उदाहरणीय भएर लाग्नु नै हामी लायन्सहरुको मुल लक्ष्य हुनुपर्ने वताउनु भयो ।
सोहि अवसरमा वागमती क्षेत्र अन्तर्गत रहेका क्लस्टर चिफहरु पुरुषोत्तम मैनाली, रामचन्द्र भट्टराई र देवेन्द्र सारु मगरले आफ्नो क्लस्टर अन्तर्गत रहेका रिजन, जोन र क्लबहरुको सहभागितामा छुट्टा-छुट्टै कार्यक्रम आयोजना गर्नु भएको थियो ।
वागमती क्षेत्रमा भएको यस पिभिएसटी स्कुलिङ कार्यक्रम भव्य, सभ्य र निक्कै उत्साहप्रद भएको गण्डकी क्षेत्रबाट सहभागी तथा डिस्ट्रिक्टका आईटी संयोजक विकास भुर्तेलले जनाउनु भयो । लामो समय निजामतीसेवामा रहेर हालै सेवा निवृत हुनु भएका लायन्स क्लव गुल्मी रेसुङ्गाका अध्यक्ष राजेन्द्र पाण्डेले आफुमा रहेको समाज सेवाको हुटहुटी, यस पवित्र सामाजीक संस्था मार्फत जोडिएर पुरा भएको वताउनु भयो ।
संयोजक डा. बिष्णु गौतम रहनु भएको यस कार्यक्रममा डिस्ट्रिक्टका पुर्व गभर्नरहरु महेन्द्र पौडेल, गिरिधारी शर्मा, तथा धनिराम बराल, रत्न पराजुली, बलराम सुबेदी, हरि चन्द्र तिवारी, माधब पाण्डे, जेपी चापागाई, गिता शर्मा चापागाई, यमुना भण्डारी लगायतका उच्च लायन लिडरहरुको सहभागिता रहेको थियो भने कार्यक्रम लायन वर्ष २०२४/२५ का डिस्ट्रिक्ट सचिव शिवराज आचार्यले संचालन गर्नु भएको र सभापतित्व हालका डिस्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालले गर्नु भएको थियो ।




