• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपालमा पहिलो आलु शिखर सम्मेलन


  •   आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
  • काठमाण्डौं । नेपालमा पहिलोपटक आयोजित आलु शिखर सम्मेलन बिहीवार सम्पन्न भएको छ । विश्वभरि विभिन्न रुपमा प्रथम आलु शिखर सम्मेलन मनाउंदै गरेको परिप्रेक्ष्यमा नेपालमा पनि पहिलोपल्ट आलु शिखर सम्मेलन २०२४ आयोजनामा भएको थियो । नेपाल–भारत उद्योग वाणिज्य संघ, विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) तथा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त उक्त आलु शिखर सम्मेलन आयोजना गरेका हुन् । आलुसंग प्रत्यक्ष जोडिएका कृषक, उद्योगी, ब्यापारी लगायत सम्पूर्ण सरोकारवालाहरुको विचार, अनुसन्धान र ज्ञानको आदान–प्रदान गर्दै प्रदर्शनीसहित उक्त शिखर सम्मेलनको आयोजना गरिएको हो । समग्र रुपमा नेपालको कृषि क्षेत्रकै उत्थानको प्रमुख उद्देश्यका साथ आयोजित सम्मेलनमाझ प्रमुख अतिथिको आसनबाट बोल्ने क्रममा कृषि तथा पशुपन्छी वि कास मन्त्री ज्वाला कुमारी साहले आफु मन्त्रीको रुपमा पहिलो पल्ट शपथ लिंदा नै यो दशकलाई कृषि लगानीकोदशकको रुपमा लिने संकल्प लिएको स्मरण गर्दै आलुको शिखर सम्मेलन हुनु एक प्रकारले सुखद रहेको बिचार व्यक्त गर्नुभयो । सम्मेलनमा हुने छलफलबाट निस्केका निचोडहरुले मन्त्रालयलाई उर्जा दिने बिश्वास पनि मन्त्री साहले व्यक्त गर्नुभयो ।

    Advertisement

    संसारभरि नै सबैजसोको अति प्रिय बनेको कृषि उपज आलुको बिषयमा आयोजना भएको आजको शिखर सम्मेलनबाट कृषि उपज आलुको सम्बन्धमा आउने समस्या, बिचार, निष्कर्श एउटा दिशा निर्देश गर्नेछ र सम्बन्धित मन्त्री भएको नाताले म लगायत समग्र मन्त्रालय तपाईहरुको साथमा रहने प्रतिबद्धता ब्यक्त गर्छ‘’ र ती निष्कर्ष, विचारहरुले समग्र कृषि क्षेत्रकै उत्थानको लागी मन्त्रालयलाई आगामी दिनको लागी आफ्नो कार्यनीति तय गर्न सहयोग पुग्ने विश्वास पनि लिएको छ’’ उहाँले भन्न’भयोे ।

    नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्षसृजना राणाले आलु एक कृषि उपजकै रुपमा तथा आम मानिसकै लागी पनि अति आवश्यकीय एवं महत्वपूर्ण उपजको रुपमा रहेको बताउनुभयो । उहाँले विगतको तुलनामा वर्तमान समयमा यसको कृषिको प्रणाली, सीप, प्रविधि लगायत विविध पक्षको विकासले बृद्धि भईरहेको भएता पनि कृषिमा छिमेकी मूलुकहरुमा भईरहेको विकास र बृद्धिको दाजोमा धेरै सिक्न र गर्न बाकी नै रहेको बताउनुभयो । त्यसैगरि राणाले यो शिखर सम्मेलनको विभिन्न प्यानल डिस्कशनमा छलफल भएर आउने सुझावहरुले आगामी दिनको लागी हाम्रो अर्थतन्त्रको उत्थानको लागी एउटा नया“दिशा दिन सहयोगी बन्ने बिश्वास समेत व्यक्त गर्नुभयो । ‘नेपालको जलवायु, हावापानी, भौगोलिक बनौट आदिको हिसाबबाट पनि कृषि अत्यन्त महत्वपूर्ण क्षेत्र रहेको तथा नेपालको अर्थतन्त्र मुख्यतया कृषिमा नै आधारित रहेको कारण आलुनेपालको परिप्रेक्ष्यमा उपयुक्त उपजको रुपमा रहेको छ र यो उपजको आत्मनिर्भरताले पनि हाम्रो अर्थतन्त्रलाई ठूलो टेवा पुर्याएन सघाउने विश्वास मैले लिएको छु उहाँले भन्नुभयो ।

    विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ)का प्रतिनिधि मोनिका थताभाले अनलाईन मार्फत आलुको विश्व परिबेशका वारेमा आफ्नो विचार व्यक्त गर्नुभयो ।

    त्यसैगरि टेक्निको साईन्सेस ईण्डियाका प्रमुख कार्यकारी अधिकृत एन के झाले आलुको खेती, प्रविधि लगायत आलुवालीमा भारतले गर्दै आएको प्रयोगका बारेमा जानकारी दिदै भन्नुभयो ‘भारतमा सन् १९३५मा आलुलाई एक सम्भावना बोकेको कृषि उपजको रुपमा प्राथमिकतामा राखेर एउटा आलुकै सम्बन्धि अनुसन्धान गर्ने संस्थाको शुरुवात भएको र अहिले सम्ममा ३७५ प्रजातिका आलुको बिउ तथा प्रजाति बिकसित गरिसकेको छ र भारत अहिले बिश्व बजारमा दोश्रो ठूलो आलु आपूर्ति गर्ने देशको रुपमा स्थापित हुन पनि सफल भएकोे छ । हाल भारतले प्रति बर्ष १६ मिलियन मेट्रिक टन आलुउत्पादन गर्ने गर्दछ’ ।

    त्यस्तै विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) का भूटान तथा नेपाल प्रतिनिधि केन शिमिजुले भूटानको भौगोलिक अवस्थिति, जलवायू, हावापानी धेरै मिल्दो भएको र दुवै देशमा पहिला गरिने आलुखेतीको प्रबिधि लगभग उस्तै रहेको स्मरण गर्दै दुबै देशका बिश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ)ले बर्तमान अवस्थामा कृषिका क्षेत्रमा क्षमता अभिबृद्धि गर्न कार्य गर्दै गरेको बताउनुभयो ।

    पहिलो सेसनमा वक्ताको रुपमा सिन्धुपाल्चोकका कृषक मोहन श्रेष्ठले उत्पादक र बजारको बीचमा ठूलो खाडल रहेकोले उक्त खाडल पुर्न सरकारी पक्षले उपर्युक्त नीति ल्याएर सम्बोधन गर्न‘पर्ने बताउनुभयो ।

    विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) नेपालका सहायक प्रतिनिधि डा. बिनोद शाहले आलु मात्र दीगोपनको र खाद्य शुरक्षाको दृष्टिकोणबाट पनि प्रचुर सम्भावना बोकेको एउटा यस्तो कृषि उपज हो भन्नु हुदैे यसको विकासबाट स्थानीय तवरमा पनि रोजगारी सिर्जना गरेर जिबिकोपार्जनमा आत्मनिर्भर बनाउने सामथ्र्य यसले राख्ने उल्लेख गर्नुभयो । साथै उहाँले कृषिमा आत्मनिर्भर बन्न र यसको विकासको लागी विश्व कृषि तथा खाद्य संगठन (एफ ए ओ) ले नेपाल सरकार, कृषक तथा नीजी क्षेत्रसँग पनि सहकार्य गर्दै आईरहेको पनि बताउनुभयो ।

    उक्त आलु शिखर सम्मेलनमा कृषि मन्त्रालयका सहसचिव जानुका पण्डितले नेपालमा आलुको वर्तमान अवस्था बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    त्यस्तै फस्र्ट च्वाईस फुड्स प्रा.लि.बुटवलको तर्फबाट एग्रोनेमिष्ट श्याम प्रसाद ढकालले मूल्य श्रृंखलामा निजी क्षेत्रको सहभागीता बिषयमा प्रस्तुति दिनुभएको थियोे ।

    कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. दिपक कुमार खरालले आलु लगायत कृषि उपजको उत्पादन बृद्धि तथा बजारसंगको सम्बन्ध बिकासको लागी मन्त्रालयले नीति तथा कार्यक्रम तयार गरेर गर्न सक्ने वा सघाउन सक्ने क्षेत्रको बिषयमा सम्मेलनले राय सुझाव दिएर मन्त्रालयलाई सघाउन सकिने बिचार ब्यक्त गर्नुभयो ।

    आज प्रबिधिले ठूलो फड्को मारि सकेको अवस्था छ र कृषिमा पनि प्रबिधिको विकासको क्षेत्रमा हामीकहां भएका विभिन्न शैक्षिक संस्थाहरुले थप भूमिका खेल्न सक्ने धारणा ब्यक्त गर्दै यस सम्मलेनबाट प्राप्त प्रतिवेदन, सुझावले मन्त्रालयलाई सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer