• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सरररर, जाऊ है हलेसी, नि-यात्रा: काठमाडौं देखि हलेसीसम्मको


  •   आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
  • काठमाडौंबाट करिब २२० किमी पुर्व खोटाङ् जिल्लामा रहेको छ, चर्चित महादेव मन्दिर खोटाङ हलेसी । सडक मार्गबाट ५/६ घण्टाको आरामदायी यात्रा पछि सजिलै पुग्न सकिन्छ पुर्वको पशुपती नामले सु-प्रसिद्द मन्दिर हलेसी महादेव । काठमाडौबाट अरनिको राजमार्ग हुदै भक्तपुर, सागा भन्ज्याङ वनेपा हुदै धुलिखेल पुगेपछि अरनिको राजमार्ग छाडेर दक्षिण-पुर्व विपि राजमार्ग हुदै पुर्व लागेपछि एकैछिनमा पुगिन्छ काभ्रे भन्ज्याङ । बाह्रैमहिना शितल हुने यस भन्ज्याङमा सानो चटक्क परेको बजार छ । तपाई आफ्नो समय अनुकुल मिलाएर बिहानीको चिया पिउन सक्नुहुन्छ । तपाईलाई स्वागत गर्न साना चिया पसल आतुर देख्नुहुन्छ ।

    Advertisement

    काभ्रे भन्ज्याङ छाडेर तपाई अगाडी बढे पछि पुर्वतर्फको खुल्ला आकासले सुन्दर हिमाली श्रृखला बोकेर तपाईलाई पर्खिरहेको भान हुन्छ । तल वेशिमा देखिने सुन्दर पाचखाल उपत्यकाको दृश्यले तपाई हामी सबैलाई लोभ्याउछ । देशको राजधानी नजिक रहेको कृषि उत्पादनको लागी चर्चित जिल्ला काभ्रे, पछिल्लो समय निक्कै चर्चित छ, लस्सीको लागी । आफ्नै उत्पादनको स्थानिय दुध दही र केराबाट बनेको अलग्गै स्वाद र मिठास भएको लस्सी पसलहरु थुप्रै भेटिन्छन यहां । नमोबुद्दको पुर्व फर्किएको यो सुन्दर पहाडी बाटो डाडागाऊ, पातालेगाऊ ठाडोबाटो, तिमिल्सिना गाऊ भएर छड्के-छड्के ओरालो हुदै भकुण्डे बेशी पुगेको पत्तै हुदैन तपाईलाई । समुद्र सतहबाट १३५२ मिटरको उचाईबाट शुरु भएको तपाईको यात्रा धुलिखेल पुग्दा झण्डै १५५० मिटर पुगेर फेरी तपाई ११३० मिटरको भकुण्डे बेशीमा पुग्नुहुन्छ । यसो हेर्दा बिस्तारको क्रममा रहेको सुन्दर बजार भकुण्डेबेशीबाट तपाई विपि राजमार्ग हुदै अगाडी बढ्दा खनालथोक बजार पुगेपछि तपाईसंग भेट हुन्छ रोशी खोला ।

    करिब १७०० मिटर उचाई नागीडाडाबाट शुरु भएको रोशी खोला, पनौती बजारमा पुण्यमाता खोलासंग भेट भएर, पलान्चोक भगवती, फड्केश्वर महादेव लड्केश्वर महादेव मन्दिर हुदै लड्कु खोलासंगको भेटपछी खाक्सी ज्यामिरे धुवाकोटवेशी बादरे हुदै धुवाकोटटारमा पुगेपछी विपी राजमार्गसंग भेट हुन्छ । रोशीको किनारै-किनार लास्कोटबेशी डाडागाऊबेशी खार्पाचोक, मंगलटारछाप हुदै लगुवाघाटमा पुगेपछी रोशी खोला उत्तरबाट बग्दै आएको सुनकोशी नदिमा मिल्दछ भने अब विपि राजमार्ग सुनकोशी नदिको किनारै किनार दक्षिण तर्फ लाग्दछ । यदि तपाईसंग समय भएमा लगुवाघाटमा रहेको कुशेश्वर महादेवको दर्शन गर्न सक्नुहुनेछ । यसरी सुन्दर सुनकोशीसंगै बग्ने विपि राजमार्गबाट खहरेटोल, राकाथुम नेपालथोक हुदै मुल्कोट पुग्न सकिन्छ । यो सानो मुलकोट बजारमा तपाईको समय छ भने केहिबेर आराम गरेर अगाडी बढ्न सक्नुहुन्छ । मुलकोट कटेपछी रिठ्ठेभिरमा रहेको अति नै आकर्षक सेतीदेवि ऐना मन्दिरको दृश्यले तपाईलाई निक्कै मनोरन्जन प्रदान गर्दछ ।

    राजमार्गमा पर्ने सानो बजार मुल्कोटबाट अगाडी बढ्दा ऐना मन्दिर हुदै तपाई लगभग ५०० मिटर उचाईमा रहेको सुन्दर बजार खुर्कोट पुग्न सक्नुहुन्छ । खुर्कोट बजारमा आफ्नो समय अनुकुल हेरेर चिया नास्ता वा खाना खाएर तपाई अगाडी बढ्न सक्नुहुन्छ । करिब काठमाडौबाट ११५ किमि टाढा रहेको यो बजार तपाईको यात्राको करिब-करिब आधाबाटो भन्दा फरक पर्दैन । यसरी खुर्कोटबाट करिब २/३ किमि दक्षिण तर्फको पुल तरेपछी दक्षिण नलागी तपाई पुर्व-उत्तर तर्फको बाटो लाग्नु पर्ने छ । सडक बिभागले यो राजमार्गलाई H18 नामाकरण गरेको छ भने विपि राजमार्गलाई H06 नामाकरण गरेको छ । दक्षिण लाग्ने बाटो सिन्धुली वर्दिवास पुग्दछ ।

    यसरी पुन तपाई सुनकोशीलाई पिछा गर्दै दक्षिण अगाडी बढ्ने क्रममा सुनकोशी नदिले बनाएका स-साना सुन्दर तर निक्कै उर्वरा युक्त टारहरु, देउरालीटार, ग्वालटार, झगरेवेशी हुदै अगाडी बढ्नु पर्दछ । कहिले सुनकोशीको पानीमा नै टासिएला जस्तो सडक त कहिले अलिक पर पुग्दै लुकामारी गरेको, चौंडा र खुल्ला सडकसंगै पटक-पटक फेरिएर आउने लोभलाग्दा सुन्दर प्राकृतीक दृश्य हेर्दै बाटो काटेको पत्तै हुदैन तपाईलाई ।  हैवा वेशी, देउरालीटार, ग्वालटार, मुर्कीवेसी, सुली भन्ज्याङ, दुध भन्ज्याङ चौतारा, हुदै च्याखुटार पार गरेपछी केहि तल पारिपट्टी पुर्वतर्फबाट आएको लिखुनदी सुनकोशीमा मिसिन्छ । सुनकोशी नदीको किनारै-किनार पुन दक्षिण तर्फलाग्दै गर्दा दुवैतर्फ पहाडको साघुरो बाटो हुदै सुनकोशी सांघुटार, झगरेबेशीबाट दक्षिण तर्फ लागेपछी सानो बहादुरे खोलामा पुगिन्छ । यही बहादुरे खोलाले सिन्धुली जिल्ला र उदयपुर जिल्लालाई छुट्याएको छ । त्यस खोलामा रहेको पुल तरेपछी सिन्धुली जिल्लाको सिमाना पार गरिन्छ र उदयपुर जिल्ला शुरु हुन्छ ।

    अब उदयपुर जिल्लाको सानो घुर्मी बजार पुगिन्छ । दक्षिण तर्फबाट आएको उदयपुर गाईघाट कटारी सडक यही घुर्मि बजारमा भेट हुन्छ । यो सानो बजार बाट पुन सुनकोशीको किनारै किनार केहिबेर दक्षिण तर्फ लाग्दा सुनकोशी नदीमाथी रहेको पक्की पुल पारगरेपछी ओखलढुङ्गा जिल्ला शुरु हुन्छ । सुनकोशी नदीको पुर्वतर्फ रहेको सानो बजार हर्कपुर (४०० मीटर ऊचाई) पुगिन्छ । हर्कपुरबाट केही उकालो चढेपछी ओखलढुङ्गा बजारको हिलेपानी बजार (करिब ७५० मीटर उचाई) पुगिन्छ । यो सानो हिलेपानी बजारबाट बाटो दुईतर्फ लाग्छ । उतरतर्फ लाग्दा ओखलढुङ्गा बजार पुगिन्छ भने दक्षिणतर्फको बाटो समाउदै केहि ओरालो लाग्दा दुधकोशी नदीको किनारा पुगिन्छ । अब केहि समय दुधकोशीको किनारैकिनार उत्तरतर्फ लाग्दा केहि समयमा जयराम बजार (करिब ४०० मीटर उचाई) पुगिन्छ । यो सानो बजारबाट दुधकोशी माथीको पक्की पुल तरेपछी खोटाङ्ग जिल्ला पुगिन्छ । अब यो सानो बजार जयरामबाट उकालो तर्फ लागेपछी साघुरोबाटो हुदै बाहुनीडाडा, झाक्रीखोप सामुदायीक वन, टंकी खोला वन हुदै करिब एक घण्टाको उकालो यात्रा तय गरेपछी मात्रै खोटाङग हलेसी पुग्न सकिन्छ । जयरामबाट उकालो लाग्दा पुर्व-उत्तर फर्किएको डाडामा पातलो वस्ती भेटिन्छ भने यहांका स्थानीयले समय अनुसारको आफ्नो उत्पादन तरकारी फलफुल आदी सडक छेउमा बेच्न राखेको पाईन्छ । अम्बा पाईने समयमा यात्रा गर्नुभयो भने ज्यादै मिठो अम्बा खान नछुटाउनु होला ।

    यसरी काठमाडौबाट पुर्वको पशुपती नामले चिनिने खोटाङ हलेसी महादेवको (करिब १४५० मीटर उचाई ) मन्दिर पुग्न सकिन्छ । पुर्वको पशुपती नामले चिनिने खोटाङ हलेसी महादेवको मन्दिर दर्शन गरेपछी मनले चिताएको कुरा पुरा हुने आम जनविश्वास रहेको छ । आम नेपालीका ढुकढुकी, राष्ट्रियगानका रचयिता व्याकुल माहिला, सु-प्रसिद्द खोटाङ हलेसी महादेव निक्कै ठुलो शक्तीपिठ रहेको र मन्दिरको दर्शनले मनले चिताएको पुरा हुने बिश्वास ब्यक्त गर्नुहुन्छ ।

    परिचय: हलेसी महादेवको

    हलेसी महादेव नेपालको एक प्रसिद्ध हिन्दू ,किराँत एवं बौद्ध तीर्थस्थल हो । यो स्थान सगरमाथा अञ्चलको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल देखि करिब ९ कोस पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका को केन्द्र दुर्छिम छापडाँडाबाट पूर्व नगरपालिकाको वडा नं ७ महादेवस्थान हलेसी गाउँ मा पर्छ । ‘हलेसी गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् । हिन्दू धर्म, बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्त्वपूर्ण गुफा छन् । हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ। महादेवलाई भस्मासुर राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ । त्यसैले यसलाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ।

    आइतबार, जेठ २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer