• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

भारतमा बाढीको प्रभाव, १८ को मृत्यु, ६ लाख भन्दा बढी प्रभावित


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण थुप्रै मानिस प्रभावित भएका छन । यस बाढीबाट १८ जनाको मृत्यु हुनुका साथै छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मंगलबार अधिकारीहरूले बताएका छन् ।

    Advertisement

    बाढीले दश जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ भने स्थिति गम्भीर छ ।

    आसममा दश जिल्लाहरूमा छ लाख २५ हजार तीन सय १८ जना मानिसहरु बाढीबाट प्रवावित भएको एक अधिकारीले जनाएका छन् । विगत २४ घण्टामा चार जनाको ज्यान गए सँगै बाढीबाट मृत्यु हुनेका सङ्ख्या १८ पुगेको हो । यसै गरी कछार जिल्लामा चार जना बेपत्ता भएको जनाईएको छ ।

    अधिकारीहरूले हाल ५७७ गाउँहरू डुबानमा परेको जनाउदै प्रभावित जिल्लाहरूमा करिब छ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् ।

    आसम राज्य विपद् व्यवस्थापन प्राधिकरण ‘एएसडीएमए’ का अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा १९१ राहत शिविर तथा १०८ वितरण केन्द्र खोलेको छ । प्रभावित क्षेत्रमा रेल ट्रयाकमा क्षति पुगेको कारण केही रेलसेवाहरू पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।

    यसैबीच, बाढी प्रभावित जिल्लाहरूमा उद्धार तथा राहतका लागि राष्ट्रिय विपद् प्रतिक्रिया बल ‘एनडीआरएफ’ र राज्य विपद् प्रतिक्रिया बल ‘एसडीआरएफ’ का कर्मचारीहरू तैनाथ गरिएको छ ।

    गत महिना पश्चिम बङ्गालाल र बङ्गलादेशको तटमा आएको चक्रवात र भारी वर्षापछि आसम र मणिपुरका राज्यहरूमा बाढी आएको थियो ।(जोय नेपाल)

     

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer