• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खेरजाने वस्तुबाट आकर्षक सामग्री बनाउदै पाल्पा रामपुरका महिला


  •   बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । सिप र जागर भए आम्दानी घरै बसी-बसी । यस्तै देख्न सकिन्छ पाल्पा रामपुरमा । गाउँघरमा प्रशस्त मात्रामा पाइने मकैका खोस्टा, वनजङ्गलमा पाइने थाकललगायत प्रयोगमा ल्याउन नजान्दा त्यत्तिकै खेर गइरहेका हुन्छन् । मकैको खोस्टा र थाकलको पातबाट आकर्षक किसिमका विभिन्न सामग्री तयार पार्न सकिन्छ भन्ने पाल्पा रामपुरका महिला उदाहरणिय बनेका छन् । यहाँका महिलाले वनजङ्गलमा खेर गइरहेको थाकलको पात, मकैको खोष्टालाई सङ्कलन गरी आकर्षक सामग्री तयार पारेका छन् ।

    Advertisement

    रामपुर नगरपालिकाको सहयोगमा एक महिनासम्म प्राकृतिक रेसाजन्य वनस्पतिको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी ज्ञान, सीप पाएपछि महिला टोपी, झोलालगायत सामग्री उत्पादन गर्न सक्ने भएका छन् । “सीप र ज्ञान नहुँदा गाउँमा पाइने वस्तुको उपयोगमा ल्याउन सकिएको थिएन, अब हातमा सीप भएपछि आफूलाई आवश्यक पर्ने विभिन्न सामग्री तयार पार्न सक्ने भएका छौँ”, सुमन खाम्चा मगरले भन्नुभयो ।

    “हाम्रा गाउँघरका जङ्गलमा थाकल, मकैका खोष्टा प्रशस्तै हुन्छन्, सामग्री खरिदमा खर्च गर्नु पर्दैन, यसलाई सदुपयोग गर्न नजान्दा यत्रतत्र त्यत्तिकै खेर जान्थ्यो, अब भने सीप भएपछि घर सजावटका लागि विभिन्न आकर्षक सामग्री आफैँले तयार पार्न सकिन्छ,” उहाँले भन्नुभयो ।

    कच्चासामग्री खरिदमा रकम खर्च गर्न नपर्ने, गाउँघरमा भने जति सामग्री पाइने भएकाले महिलाका लागि यो सीप अति उपयोगी रहेको रेखा पौडेलले बताउनुभयो । नगरपालिकाले ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँको प्राविधिक सहयोगमा नगरभित्रका ४० महिलालाई सीप प्रदान गरेको छ । सीप सिकेसँगै व्यावसायिक उत्पादनमा जोड दिने महिलाहरु बताउँछन् ।

    नगरप्रमुख रमणबहादुर थापाले उत्पादित हस्तकला सामग्री नगरपालिकाले खरिद गरिदिने र उत्पादनका आधारमा अनुदान दिने बताउनुभयो । “हातमा सीप नभएर केही गर्छु भन्नेहरु खाली बस्नुपरेको छ । आयआर्जनमुलक क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “महिलाहरु आत्मनिर्भरतर्फ अगाडि बढ्नुभएको छ, स्थानीय उत्पादित वस्तुको बजारीकरण नगरपालिकाले गर्नेछ ।”

    नगरपालिकाले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको भन्दै उत्पादित वस्तु उपप्रमुख कोसेली घरमार्फत खरिद गर्ने नगर उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । एक महिनासम्म सञ्चालित तालिम अवधिभर प्रशिक्षक डिला सिञ्जाली, माया राना, तारा थारु र सरस्वती चौधरीले सीप सिकाउनुभएको थियो ।(कृषि सुचना)

    बुधबार, जेठ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer