काठमाडौं । नेपालमा भारत उत्तरप्रदेशदेखि बंगलादेशको पश्चिमी क्षेत्रसम्म फैलिएको न्यून चापीय प्रणालीका कारण नेपालका कतिपय इलाकामा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय र पश्चिमी वायुसमेत नेपाली आकाशमा आंशिक सक्रिय छन्।
आज दिउँसो कोशी, वागमती र गण्डकीलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
यस्तै, कोशी, वागमती र गण्डकीका थोरै तथा बाँकी भूभागका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा हावाहुरी आउने सम्भावना पनि छ।
आज राति कोशी प्रदेशलगायत देशका पहाडी भेगका आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशीका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।




