• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

निगरानीपछि बढ्यो पशुपतिको भेटी, एकै दिन सात लाख बढी जम्मा


  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पाँच अभियुक्त पक्राउ परेपछि दुई महिनायताकै सर्वाधिक भेटी सङ्कलन भएको छ ।

    Advertisement

    पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संरक्षणमा भेटी चोरीमा संलग्न कोषका नायब सुब्बासहितका कर्मचारी पक्राउ परेपछि कोषमा जम्मा हुने भेटी बढेको हो ।

    कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार भेटी चोरीको गिरोहलाई प्रहरीमा बुझाएपछि र सिसिटिभीमार्फत निगरानी बढाउँदा यस वर्षको सर्वाधिकसहित जेठ १ देखि २२ गतेसम्ममै एक करोड पाँच लाख नौ हजार १६७ रुपियाँ भेटी सङ्कलन भएको छ ।

    यसअघि वैशाख १ देखि ३१ गतेसम्ममा एक करोड १२ लाख पाँच हजार ७३२ रुपियाँ सङ्कलन भएको छ । उहाँले जेठ २० गते दुई महिनायताकै सर्वाधिक सात लाख सात हजार ३१६ रुपियाँ भेटी सङ्कलन भएको बताउनुभयो । उहाँले सङ्कलित भेटी मन्दिर परिसरबाटै मुचुल्का गरेर नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कमा जम्मा गरिने बताउनुभयो ।

    डा. थापाले भन्नुभयो, “भगवान् पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले आस्थाले चढाएको भेटी चोरी गर्ने गिरोह नै पहिल्यैदेखि सक्रिय रहेछ । भेटी चोरी हुने गुनासो आएपछि हामीले उच्च प्राथमिकताका साथ निगरानी गर्यौँ । सिसिटिभी निगरानी गरेर रङ्गेहात नियन्त्रणमा लिई प्रहरीमा बुझाएपछि अनुपातिक रूपमा भेटी सङ्कलनमा वृद्धि भएको छ ।”

    जेठ ८ गते कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारलाई महानगरीय प्रहरी वृत्त गौशालाले काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

    मुख्य आरोपीमाथि भएन छानबिन

    गौशाला प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेले नियन्त्रणमा लिइएका पाँचै जनामाथि अनुसन्धान भइरहेको बताउनुभयो । नासु ढोडारीको घरबाटै छ लाख रुपियाँ बरामद भएपछि प्रहरीले अझै सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाएको छ । तर भेटी चोरी गर्ने कार्यका लागि कर्मचारी नै खटाउने भनी पोलिएका कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीसँग प्रहरीले बयान लिएको छैन ।

    संस्कृति संरक्षण महाशाखाका नासु ढोडारी, ब्राह्मण घिमिरेसहित बाजा बजाउने कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको छ । डिएसपी थेबेले भन्नुभयो, “आवश्यक परे जसलाई पनि बोलाउँछौँ ।”

    २०८० जेठ १६ गते वर्षायाम सुरु भएपछि कोषले भेटी अलपत्र हुने भएकाले संस्कृति संरक्षण महाशाखाका कर्मचारीलाई पूर्ण रूपले गणना गर्नेलाई १५ दिनको र अतिरिक्त समयमा काम गर्नेलाई १० दिनको तलब सुविधा दिने गरी खटाएको थियो । तर कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूहरूले कामलाई निरन्तरता दिएको बयान बाजा बजाउने कर्मचारी अनिलको थियो । पक्राउ पर्नासाथ त्यस्तो बयान सार्वजनिक भए पनि प्रहरीले कोषाध्यक्ष सुवेदीलाई बोलाएको छैन । पक्राउ परेका अभियुक्तको बयान अनुसार पाँच सय र एक हजार दरका गरी दैनिक १५ हजार रुपियाँसम्म लाने र नासु ढोडारीलाई बुझाउने गरिएको थियो ।

    कोषाध्यक्ष सुवेदीले भेटी चोरीमा आफ्नो संलग्नता अस्वीकार गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “मेरो नाम आयो तर भेटी चोरीमा मेरो संलग्नता छैन । त्यहाँ के के भएको मलाई थाहै छैन ।” नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय निर्वाचन आयोग सदस्य सुवेदीलाई २०७८ मा तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेले कोषाध्यक्षमा नियुक्त गर्नुभएको हो ।

    सदस्य सचिव डा. थापाले पशुपतिनाथ, बासुकी र हनुमान मन्दिरबाट दानभेटी, चन्दन वितरणको दानभेटी, बुढानीलकण्ठको भेटी, नवग्रहको भेटीसहितका शीर्षकमा दैनिक भेटी सङ्कलन हुने बताउनुभयो । उहाँले पशुपतिनाथ मन्दिरमा प्रविधि एवं सिसिटिभीको प्रयोग गरी जुनसुकै छिद्रबाट हुने चोरी पनि नियन्त्रण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “आस्थाको केन्द्रप्रति जनविश्वास अभिवृद्धि गर्नकै लागि हामीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा सुधारका कार्यक्रम गरिरहेका छौँ । अब यस्ता प्रवृत्ति पूर्णतः निषेध गरिने छ ।”(गोरखापत्र)

    आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer