• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शैक्षिक गुणस्तर सुधार गर्न घोषणापत्र जारी गर्दै आठराई त्रिबेणी गाउँपालिका


  •   आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
  • ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न शैक्षिक घोषणापत्र जारी गरेको छ। एकदिने शैक्षिक भेला आयोजना गर्दै गाउँपालिकाले शुक्रबार १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेको हो।

    Advertisement

    पछिल्लो समय खस्किँदै गइरहेको सामुदायिक विद्यालयको शैक्षिक स्तरलाई सुधार गर्ने उद्देश्यसहित शैक्षिक भेला गरी घोषणापत्र जारी गरिएको गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिनुभयो। अध्यक्ष पोमुका अनुसार शिक्षाको गुणस्तर सुधार्ने कार्यमा शिक्षक, विद्यार्थी र अभिभावक समेतलाई जिम्मेवार बनाउनेगरी घोषणापत्र जारी गरिएको छ।

    गाउँपालिकाले जारी गरेको घोषणापत्रमा शिक्षणमा कार्यरत सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, बालविकास सहजकर्ता र बिद्यालय कर्मचारीहरु ९५ प्रतिशत भन्दामाथि हाजिर (उपस्थित) भई पठनपाठनमा संलग्न भएमा शिक्षक दिवसको अवसरमा प्रोत्साहन गरिने उल्लेख छ। यस्तै विद्यालयमा कुनैपनि दलगत राजनीति प्रवेश गर्न नदिने भएको छ। हाल कायम रहेको गाउँ शिक्षा ऐन, नियमावली, कार्यविधि र निर्देशिकाहरु समयानुकूल परिमाजर्नन गर्दै लैजाने घोषणा गरिएको छ।

    त्यस्तै प्रधानाध्यापकको छनोट प्रचलित कानुन, ऐन तथा नियमावली बमोजिम गर्ने, शैक्षिक गुणस्तर वृद्धिका लागि योग्य, बिषयगत र प्रविधिमा दख्खल राख्ने शिक्षकको छनोट गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ। बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घलाई बिद्यालयको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणका लागि आववश्यक तालिम तथा सीप प्रदान गरिने भएको छ।

    शिक्षकको पेशागत सहयोग, सुपरीवेक्षण र निरीक्षण गरी पुरस्कार तथा दण्डको व्यवस्था गर्ने गाउँपालिकाले घोषणा गरेको छ। बिद्यालयमा आर्थिक अनुशासन तथा पारदर्शिता कायम गर्न पालिकाभरिका प्रत्येक बिद्यालयको आन्तरिक तथा अन्तिम लेखा परीक्षणलाई थप प्रभावकारी बनाई निरन्तरता दिने, प्रधानाध्यापकसहित शिक्षक, कर्मचारी, बाल सहजकर्ताको क्षमता विकासका लागि आवश्यक कार्यक्रम कायान्वयन गरिने भएको छ।

    यसैगरी बिद्यालयको भौतिक पूर्वाधारलाई बालमैत्री बनाइने छ भने शैक्षिक, सामाजिक र आर्थिक पक्षलाई मजबुद बनाउने अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम कार्यान्वयन गरिने भएको छ। बिद्यालय मातहतमा रहेको भौतिक तथा जिन्सी सामग्री र नगद व्यवस्थापनलाई नियमन तथा अनुगमनलाई प्रभावकारी बनाउने गाउँपालिकाले घोषणा गरेको छ। शैक्षिक घोषणापत्र जारी गर्न जनप्रतिनिधि, शिक्षक, अभिभावक सबैले साझा सहमति जनाएका छन्। (gorakhapatra)

    आइतबार, जेठ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer