• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

फोनबाटै स्टेबल भिडिओ खिच्न मन छ ? यसो गर्नुहोस्


  •   सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । रेकर्ड गरिएको फुटेज स्मुथ भएन वा धेरै हल्लिएको जस्तो देखियो भने त्यसको खासै अर्थ हुँदैन । यदि फुटेज महत्त्वपूर्ण छ र भिडिओमा राखियो भने त्यसले अडियसन्सलाई त्यति राम्रो प्रभाव पार्दैन । त्यसैले पनि त्यस्तो फुटेजलाई खेर जान नदिन स्मुथ बनाउनु पर्ने हुन्छ । आज हामी भिडिओलाई कसरी स्टेबलाइज गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दैछौं:

    Advertisement

    स्मार्टफोनबाट खिचेको भिडिओ किन स्मु‍थ हुँदैन ?

    तपाईंले स्मार्टफोनबाट खिचेको भिडिओ स्मुथ नहुनु वा हल्लिएको जस्तो देखिनुका पछाडि थुप्रै कारणहरू हुन्छन् । भिडिओ खिचिरहँदा स्थिर भएर (वा नहल्लिएर) खिच्छु भन्नु गाह्रो छ । तपाईंले भिडिओ खिच्ने सही तरिका अपनाउनु भएन फोनबाट खिच्ने भिडिओ स्मुथ नआउन सक्छ ।

    कतिपय अवस्थामा जुम गरेर भिडिओ खिच्नु भयो भने पनि भिडिओ स्टेबल हुँदैन । त्यसैले यस्ता भिडिओ स्टेबल कसरी बनाउने वा खिच्दा नै कसरी स्टेबल बनाएर खिच्ने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

    गिम्बल प्रयोग गर्नुहोस्

    तपाईं निरन्तर भिडिओ खिचिरहनु हुन्छ र हल्लिएको भिडिओ नआओस् भन्ने विषयमा सचेत हुनुहुन्छ भने फोन गिम्बल खरिद गर्न सक्नुहुन्छ । गिम्बल यस्तो डिभाइस हो, जसले तपाईंले फोन जता मोड्न चाहनु भयो त्यतै घुम्छ । जसले गर्दा भिडिओ हल्लिएको जस्तो हुँदैन र स्टेबल हुन्छ ।

    अनलाइन तथा भौतिक स्टोरमा गएर गिम्बल खरिद गर्न सकिन्छ । दराजमा भने फोन गिम्बल ३७०० रुपैयाँभन्दा माथिको मूल्यमा गिम्बल खरिद गर्न सकिन्छ । कतिपय गिम्बल हातमै अडाउन मात्र सकिने किसिमका हुन्छन् भने कतिपय ट्राइपोड जसरी राख्न र हातमै राखेर पनि खिच्न सकिने किसिमका हुन्छन् ।

    गिम्बलको मूल्य अनुसार त्यसमा हुने फिचर पनि फरक फरक हुन्छन् । त्यसैले तपाईंले आफ्नो आवश्यकता र खर्चले धान्न सक्ने गिम्बल खरिद गर्नुपर्ने हुन्छ ।

    भिडिओ रेकर्ड गर्ने स्टाइल

    फोनबाट भिडिओ कसरी खिच्नुहुन्छ भन्ने कुराले पनि भिडिओको स्टेबलाइजेसन निर्धारण गर्छ । सही तरिकाले भिडिओ खिच्न जान्नुभयो भने मात्र पनि धेरै स्टेबल भिडिओ खिच्न सक्नुहुन्छ । ठाडो वा तेर्सो भिडिओ कस्तो खिच्नुहुन्छ भन्ने कुराले पनि कस्तो पोस्चर प्रयोग गर्ने भनह्ने निर्धारण गर्छ ।

    भिडिओ खिच्दा तपाईंले फोनलाई दुबै हातले ‘एल’ आकारमा अड्काउनु पर्ने हुन्छ । त्यसपछि हातको दुबै कुइनालाइ शरीरमा टाँस्नु पर्ने हुन्छ । यस्तो हुँदा हातले आड पाउँछ र त्यति हल्लिन पाउँदैन । यो प्रक्रिया प्रायः तेर्सो एङ्गलमा भिडिओ खिच्दा काम लाग्छ ।

    भिडिओ स्टेबल बनाउने प्लेटफर्म

    माथि भनिए जसरी खिच्दा पनि भिडिओ सत प्रतिशत स्टेबल नहुन सक्छ । वा, तपाईंले पहिले फरक तरिकाले भिडिओ खिच्नु भएको हुन सक्छ । त्यस्ता भिडिलाई स्टेबल बनाउने विभिन्न एप छन् । त्यसमध्ये गुगल फोटोज र क्यापकट निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ । क्यापकटको वेबसाइटमा गएर तपाईंले एन्ड्रोइड, आईओएस, डेस्कटप वा म्याक एप इन्स्टल गर्न सक्नुहुनहुन्छ ।

    गुगल फोटोजमा भिडिओ स्टेबलाइजेसन फिचर कसरी प्रयोग गर्ने ?

    यदि तपाईंले स्टेबलाइज गर्नुपर्ने भिडिओ क्लिप गुगल फोटोजमा अपलोड गर्नुभएको छ वा ब्याकअपका रुपमा राख्नुभएको छ भने एप खोलेर सो भिडिओमा ट्याप गर्नुहोस् ।

    भिडिओमा ट्याप गरिसकेपछि तलपट्टि तीनवटा अप्सन देखिन्छन् (शेयर, एडिट र डिलिट) ।

    त्यसपछि बीचको एडिटमा ट्याप गर्नुभयो भने लोड हुन केही समय लाग्छ ।

    नयाँ इन्टरफेसमा ‘एक्सपोर्ट फ्रेम’को अप्सन देखिन्छ । बायाँपट्टि दुईवटा अप्सन देखिन्छन् । एउटा साउन्ड र अर्को स्टेबलाइजेसनको ।

     

    स्टेबाइजेसनमा ट्याप गर्नुभयो भने भिडिओ स्वतः स्टेबलाइज हुन थाल्छ ।

    स्टेबलाइज भइसकेपछि सेभ कपी गर्नुभयो भने भिडिओ ग्यालरीमा सेभ हुन्छ । जबसम्म क्वालीटीको स्टेबलाइज हुँदैन, तबसम्म गरिरहनु भयो भने स्तरीय भिडिओ निर्माण गर्न सक्नुहुन्छ ।

    भिडिओ स्टेबलाइज गर्दा त्यसको साइजमा केही फरक आए पनि क्वालिटी खासै फरक आउँदैन । त्यसैले भ्लगर वा भिडिओग्राफरले गुगल फोटोजको यो फिचर प्रयोग गरेर स्तरीय भिडिओ निर्माण गर्न सक्छन् ।

    क्यापकटमा यसरी बनाउनुहोस् स्टेबल भिडिओ

    क्यापकटमा भिडिओ स्टेबल बनाउनका लागि तलको प्रक्रिया अपाउनुहोस् ।

    सबैभन्दा पहि एप खोल्नुहोस् ।

    त्यसपछि तपाईंले स्टेबल बनाउन चाहेको भिडिओ छान्नुहोस् ।

     

    यति गरेपछि एडिटिङ बारमा देखिएको भिडिओको क्लिप छान्नुहोस् ।

    अनि तलपट्टि भिडिओ एडिटिङ टुलबार देख्न सकिन्छ । त्यसलाई दायाँपट्टि सार्दा देखिने ‘स्टेबलाइज’ को अप्सनमा ट्याप गर्नुहोस् ।

    यति गरेपछि केही समयमै तपाईंको भिडिओ स्टेबल हुन्छ ।

     

    सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer