• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ठगी धन्दामा सञ्चालक समिति अध्यक्ष समेत, २ अर्व बढी रकम ठगी गरेको आरोप


  •   मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय आर्थिक अपचलनले देशको मेरुदण्ड भाचिएको छ । वैक होस वा सहकारी वा फाईनान्स कम्पनी, लगातार आर्थिक अपचलनको काण्डमा फसेका छन् । यस्तैमा सेन्चुरी कमर्सियल बैंकका अध्यक्षसहित सञ्चालक समितिका सदस्यहरुले ठूलो बदमासी गरेको तथ्य खुलेको छ ।

    Advertisement

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले दुई अर्बभन्दा बढी रकम बदमासी गरेको आरोपमा सेन्चुरी कमर्सियल बैंकका तत्कालीन संचालक समितिका अध्यक्षसहित नौ जना सञ्चालक पक्राउ गरेपछि यो तथ्य उजागर भएको हो ।

    सिआइवीले लामो अनुसन्धानपछि दुई अर्ब ३० करोड ८१ लाख बदमासीमा बैंकका तत्कालीन सञ्चालक समिति अध्यक्ष राजेशकुमार श्रेष्ठ समेतको संलग्नता देखिएको जनाउँदै सोमबार उनीसहित नौ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बैंकका सञ्चालक समिति सदस्य सुनिलकुमार न्यौपाने, प्रा.डा.गिता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, अभिषेक बज्राचार्य र बैंकका कर्मचारी शिबगोपाल रिसाल रहनुभएको छ ।

    आरोपीहरुलाई उच्च अदालत पाटनबाट पक्राउको अनुमति समेत लिएर नियन्त्रणमा लिई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिमको कसूरमा अनुसन्धान भइरहेको व्यूरोका प्रवक्तासमेत रहनुभएका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा निर्देशिकाको अधिन भन्दा बाहिर गई सञ्चालक समितिका सदस्यहरुले आफु अनुकुलको अवस्था सृजना गरी कम्पनीको वास्तविक कारोवार रकम भन्दा बढी कारोवार भएको भनी आन्तरिक राजस्व कार्यालयको नक्कली कर चुक्ता प्रमाणपत्र समेत बनाएको पाइएको छ । यसैगरी मुल्य अभिबृद्धी करको कागज बनाएर नभएको कारोबारको स्टक तथा रिसिभेबल देखाई गलत वित्तीय विवरण तयार गरेको पाइएको छ ।

    व्यूरोका अनुसार नक्कली लेखा परिक्षण समेत बनाई नक्कली कागजात समेतको आडमा गैरकानूनी रुपमा आ–आफ्नो जिम्मेवारी अनुसारको फरक फरक भूमिका निर्वाह गरी विभिन्न शिर्षकमा धितोले खाम्ने भन्दा अत्यधिक बढी रकम अर्थात दुई अर्व ३० करोड ८१ लाख प्रवाह गरेको सिआइवीको निश्कर्ष छ ।

    बैकिङ कसूरमा संलग्न तत्कालिन सेन्चुरी कमर्सियल बैंकका सिईओ मनौज न्यौपाने समेतलाई गत फागुन १४ गते बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धानको क्रममा रहेको छ ।

    काठमाडौं, ललितपुर र भक्तपुरमा संचालित देउराली बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष, तथा पुजा ग्रुप अन्तर्गतका पुजा ट्रेडिङ एण्ड मार्केटीङ प्राली, पुजा मार्केटिङ प्राली, थ्री ब्रदर्स मार्केटिङ प्राली र अन्नपुर्ण डिष्टिलरी प्राली समेतको संचालक रहेका प्रतिवादी रबिन्द्र चौलागाईले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका कर्मचारी तथा पदाधिकारी समेतका ब्यक्तिसँग मिलेमतो गरी आपराधिक मनसायका साथ नियोजित रुपमा तत्कालीन सेन्चुरी कमर्सियल बैंकको रकम हिनामिना गर्ने उद्देश्य राखेर प्रतिवादी रबिन्द्र चौलागाईले उनको परिवार भित्रका नातेदार समेतको नाममा माथी उल्लेखित कम्पनी संचालन गर्दै आएको प्रहरीले जनाएको छ ।

    सोही बिषयमा अनुसन्धानले तानेपछि अध्यक्ष र सञ्चालक समितिका सदस्यहरुलाई पक्राउ गरिएको हो ।

    मङ्गलबार, जेठ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer