काठमाडौं । जारी आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकासँग खेल्दैछ ।
Advertisement
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।
समूह ‘डी’मा रहेको नेपाल श्रीलंकालाई हराउँदै सुपर आठको सम्भावना जीवितै राख्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
यता लगातार दुई खेलमा पराजित श्रीलंका पनि नेपाललाई हराउँदै विश्वकपको अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवितै बनाउन चाहन्छ ।
नेपाल यसअघि आफ्नो पहिलो खेलमा नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंका दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग दुई विकेटले पराजित भएको थियो ।




