• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मगर समुदायमा भुमेको रमझम शुरु


  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • रुकुमपूर्व । मगर समुदायको बाक्लो बस्ती रहेको स्थानमा बलपूजा अर्थात् भुमे पर्वको रमझम सुरु भएको छ । पूजाआजासहित विधिवत् रूपले जेठ मसान्तबाट भुमे पर्वको सुरुवात हुन्छ । तथापि जेठ महिना लागेसँगै यहाँका मगर समुदायले हरेक साँझ चौतारामा भुमे नाचको अभ्यास गर्ने गर्छन् । मगर समुदायको बाहुल्य रहेका गाउँका चौतारामा जम्मा भएर भुमे नाचको अभ्यासको रमझम भइरहेको छ ।

    Advertisement

    महिला पुरुषको छुट्टाछुट्टै समूह बनाई गोलो घेरा बनाएर भुमे नाच्ने गरिन्छ । बाहिरी घेरामा महिला समूह र भित्री घेरामा पुरुष समूह रहन्छन् । गोलो घेरा बनाएर दमाहाको बाजामा विभिन्न २२ प्रकारका नाच नाच्ने गरिन्छ । बाजा बजाउने समूह छुट्टै हुन्छन् । नाच्ने महिला पुरुष मौलिक पोसाकमा सजिएर गोलो घेरामा लहरै गरी नाच्ने रम्ने गर्छन् ।

    भुमे गाउँपालिका–१, लुगुमका रामबहादुर पुनमगरका अनुसार जेठ मसान्तदेखि असारको पहिलो हप्तासम्म नाचगान गरी धुमधामसँग भुमे मनाउने गरिएको छ । जेठ लागेसँगै भुमे नाचको अभ्यास सुरु गरिए पनि यसको विधिवत् सुरु जेठ मसान्तका दिन गर्ने गरिएको छ ।

    जिल्लाका प्रायः चौतारा, चोकमा अहिले भुमे नाच्ने र हेर्ने मानिसको भिड बढ्दै गएको छ । भुमे नाच्ने, बजाउने, गाउने तथा रम्नेले गाउँघरका चोक, चौतारा रमझम भइरहेको छ । लेक र बेँसी अर्थात् भूमि पुज्ने पर्व बलपूजा अर्थात् भुमे नाच हो । भुमे गाउँपालिका–७, धर्मशालाका चन्द्रबहादुर बुढामगरका अनुसार बर्सातको समयमा लेकबाट बाढीपहिरो नझरोस्, बेँसीको बालीनाली खोलाले नबगाओस्, खेतबारीको कटान नहोस्, जनधनको क्षति नहोस्, बालीनाली सप्रियोस् भन्ने कामनासहित बलपूजा गरी भुमे नाचगानसाथ भुमे पर्व मनाउने गरिएको छ । त्यसका लागि लेक र गाउँका देवतालाई पुजिन्छ । जेठ मसान्तका दिन लेकका देवतालाई पुज्ने र लेकका रङ्गीबिरङ्गी फूल देवताको सगुनका रूपमा टिपी ल्याएर गाउँका मान्छेलाई दिने गरिन्छ । जेठ मसान्तका दिन दिउँसो लेक देवतालाई पुजी सोही दिन दिउँसो गाउँमा आई भेडा तथा सुँगुरको बलि दिई विधिवत् रूपमा भुमे नाचको सुरु गर्ने गरिएको छ । भुमे नाचको अन्तिम दिन नाच्ने हाट दान सङ्कलन गरिन्छ र उक्त रकम बलपूजा अर्थात् भुमे नाचको व्यवस्थापन र गाउँको कोषमा जम्मा गर्ने गरिएको छ ।

    पञ्चैबाजाको तालमा भुमे नाच्ने गरिन्छ । जसमा बाजा बजाउने समूह नाच्नेको गोलो घेराभित्र बिच भागमा रहन्छन् । नाच्ने क्रममा विभिन्न फरक फरक २२ चाला नाच्ने गरिएको भुमे गाउँपालिका–२, काँक्रीका स्थानीय कला संस्कृति जानकार मदन रोकामगरले जानकारी दिनुभयो । नाच्ने क्रममा बाजाकै तालमा सुरु र अन्तिम दिनमा भूमि देवतालाई मनाउने तथा सम्मान गर्ने शब्दमा महिला पुरुषकै सामूहिक भाकामै बाजाकै तालमा गीत गाउने गरिन्छ । यसै गरी भूमि देवताको मान राखिसकेपछि लेक र बेँसीमा फुल्ने सम्पूर्ण फूलको नाम लिई गीत गाउँदै नाच्ने गर्ने गरिएको रोकामगरको भनाइ छ । त्यसलगत्तै बिचका दिनमा मायाप्रीति, दैनिकी कामकाजको अवस्थाबारे गीतमार्फत दुःखसुखका भाका गाउँदै भुमे नाच नाच्ने गरिएको रोकामगरले बताउनुभयो ।(गोरखापत्रबाट)

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer