• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रोड टु टोटनहृयामको पहिलो टोली बैंग्लोर प्रस्थान


  •   आइतबार, असार ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । श्री भगवती क्लब टोखाको आयोजनामा भएको रोड टु टोटनहृयाम कार्यक्रमअन्तर्गत छनोट हुन सफल फुटबल खेलाडीहरूको पहिलो टोली बैंग्लोर प्रस्थान गरेको छ । क्लबका अध्यक्ष इन्द्रराज जोशी तथा व्यवस्थापक विजेन्द्र पुडासैनीको नेतृत्वमा ३६ सदस्यीय टोलीले बैंग्लोरको किक स्टार्ट फुटबल क्लबमा (एफसी) छनोट परीक्षण दिनुहुनेछ ।

    Advertisement

    खेलाडीहरूलाई बिदाइ गर्दै अखिल नेपाल फुटबल संघका सहमहासचिव दामोदर ‘बद्री’ भट्टराईले आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । परीक्षणबाट उत्कृष्ट खेलाडीका रूपमा छनोट हुन सफल खेलाडीहरूले किक स्टार्ट एफसीमा प्रशिक्षण प्राप्त गर्ने र प्रशिक्षणमा उत्कृष्ट खेलाडीहरूले टोटनहृयाममा सहभागिता जनाउने कार्यक्रम संयोजक मनिष जोशीले जानकारी गराउनुभयो ।

    बैंग्लोर गएको टोलीले त्यहाँ तीन दिनसम्म शारीरिक, खेल कौशल परीक्षणका साथै अन्य प्रशिक्षण र किक स्टार्टले आयोजना गरेको प्रतियोगितामा सहभागिता जनाउनेछन् । त्यसपश्चात् खेलाडीहरू नेपाल फर्कने र परीक्षणमा छनोट हुन सफल खेलाडीहरूले आवश्यक प्रक्रिया पूरा गरेपश्चात् पुनः एकेडेमीमा प्रशिक्षण लिने र उक्त प्रशिक्षणमा उत्कृष्ट हुन सफल खेलाडीले टोटनहृयामको टिकट काट्ने व्यवस्थापक विजेन्द्र पुडासैनीले जानकारी गराउनुभयो ।

    रोड टु टोटनहृयम कार्यक्रममा देशभरिका करिब तीन हजार खेलाडीहरूको सहभागिता थियो । किक स्टार्ट एफसीबाट नेपाल आएका चार सदस्यीय प्रशिक्षकहरूको टोलीले दुई दिनसम्म सञ्चालन भएको छनोट कार्यक्रमबाट पहिलो चरणमा १४७ खेलाडीहरूलाई छनोट गरेका थिए । छनोट भएका खेलाडीहरूको दोस्रो टोली जुलाईमा बैंग्लोर प्रस्थान गर्ने कार्यक्रम छ ।(हिमालय टाईम्स)

    आइतबार, असार ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer