काठमाडौं । लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको लायन बर्ष २०२४/२५ बागमती क्षेत्रको क्लस्टर -६ , रिजन -१७ , जोन-३४ अन्तर्गतको प्रि-जोन मिटिंग (District Governors’ Pre-Advisory Committee Meeting) हिजो असार १ (15 june 2024) गते का दिन सामाखुसीमा सम्पन्न भयको छ । कार्यक्रम मा प्रमुख अतिथि महेन्द्र पौडेल, अतिथिहरु दिपक खरेल , हरिचन्द्र तिवारी , माधब पाण्डे , डा. बिष्णु प्रसाद गौतम, जनप्रकास चापागाई , ईश्वर अर्याल , देबेन्द्र सारु मगर , रामशरण ढकाल, गणेश पन्त लगायत डिष्ट्रिक्ट ३२५ का लायन लिडरहरु उपस्थिती थियो ।
कार्यक्रम जोन ३४ अन्तर्गत का ४ वटै क्लव साझा फुलबारी , ब्राईट स्टार , नेपा भ्याली र देउराली साउथ कर्नर क्लबका अध्यक्षहरु आनन्द वुर्लाकोटी, उमा चिमोरिया, छत्र थापा लगायत प्रथम उपाध्यक्ष , सचीव , कोषाध्यक्ष ज्युहरुको सहभागीतामा सफलता पुर्वक सम्पन्न भयो।
लायन वर्ष २०२४-२५ जोन ३४ का जोन चियरपर्सन कमल बहादुर खत्रीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा साझा फुलबारीका कोषाध्यक्ष प्रविन महर्जनको जन्मोत्सव मनाई शुभकामना समेत प्रदान गरिएको थियो भने, उपस्थित क्लवहरुले आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी महेन्द्र पौडेलले, बचेको समय र बचेको धन आफुभन्दा निम्न वर्गका लागि खर्च गर्नु नै लायनिजमको मुख्य उदेश्य रहेको जनाउदै, नेपाली लायन्सहरुको विश्वमा छुट्टै परिचय र उचाई रहेकोले यो उचाईलाई निरन्तरता दिन क्लव अध्यक्षहरुलाई शुभकामना सहित निर्देशन दिनुभयो । कार्यक्रममा बिबिध बिषयमा छलफल हुनुका साथै, अब हुने पहिलो जोन मिटिङ्ग, लायन्स क्लब ब्राईट स्टारले आयोजना गर्ने गरी उक्त कार्यक्रम सम्पन्न भएको थियो ।




