• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मनको आशा पुरा गरिदिने आशापुरी महादेवमा भक्तजनको ओईरो


  •   सोमबार, असार ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । डोलेश्वरको प्रसिद्धि तथा जगाती–डोलेश्वर–आशापुरी सडक विस्तार र कालोपत्र भएसँगै भक्तपुरको दक्षिण पूर्वमा रहेको आशापुरी महादेव मन्दिरमा भक्तजनको ओइरो लाग्न थालेको छ ।

    Advertisement

    काठमाडौँबाट आशापुरी महादेव मन्दिर पुग्नको लागि दुइवटा बाटाहरु छन । एउटा बाटो साँगा भन्ज्यांगबाट दक्षिण लाग्छ भने अर्को बाटो डोलेश्वोर महादेवको मन्दिर बाट पाटी भन्ज्यांग हुदै पूर्व लाग्छ । जुनबाटो लागेपनि बाटोमा देखिने दृश्यहरुले काठमाडौँको कोलाहललाई बिर्साई दिन्छ ।

    आशापुरी महादेव मन्दिर भक्तपुर र काभ्रे जिल्लाको सिमानाभै बग्ने कभेरी खोला र नर्मदा खोलाको दोभानमा अवस्थित छ । स्थानीयहरु नैचाल खोला र काक्रेवारी (भक्तपुर खोला र आशापुरी खोला) खोला पनि भन्छन । जुनसुकै नामले चिनिए पनि दुई साना खोलाको दोभानमा निक्कै सुन्दर र आकर्षक पहाडका थुम्काहरु विच अतिनै मनोरम स्थलमा अवस्थित छ
    आशापुरी महादेव । चारैतिर पहाडले घेरिएको यो स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ । मन्दिरको अग्रभाग दक्षिणतर्फ फर्किएको छ ।

    मन्दिर परिसरमा देखिने निकै प्राचिन ढुंगाका मुर्तिहरु बाट पनि सजिलै के अन्दाज लगाउन सकिन्छ भने, यस पुण्यभूमिमा परापुर्वकालदेखीनै योग ध्यान र साधना गरिदै आएको थियो । यहाँ रहेको आशापुरेश्वोर महादेवको दर्शन गर्नाले भक्तजनहरुको आशा पुरा हुने विस्वास छ । मन्दीर परिसर भित्र पाटी, भजन मण्डली, पांच कुमारी धारा, बुद्ध स्तुपाहरु र अस्थाई प्रहरी चौकी रहेको छ ।

    यो मन्दिरपरिसर निकै पवित्र राखिएको छ । मन्दिरको मुख्य परिसर भित्र जादा जुत्ता खोल्नु पर्ने, मोबाइल फोन अफ गर्नु पर्ने र त्यहाँ भित्रबाट तस्बिर लिन नपाइने नियम छ । यो मन्दिरमा श्रवण महिनाको सोमबारहरुमा र शनिवारका दिनहरुमा भक्तजनहरुको घुइचो लाग्दछ । मन्दिर वरिपरि पुजा सामग्री खरिद गर्न र खाजा खानको लागि प्रसस्त होटलहरु रहेका छन ।

    केही वर्षअघिसम्म ओझेलमा रहेको आशापुरी महादेवमा हाल दैनिक १०० देखी २०० सम्म भक्तजन आउने गरेको र बिशेष चाडवाड पर्वहरुमा, साथै साउन महिनाको सोमवार तथा शनीवारमा २० देखी २५००० भक्तजनहरु आउने गरेको संरक्षण समितीका सचिव लोकनाथ सापकोटाले कान्तीपथ अनलाईनलाई बताउनु भयो । विशेषगरी डोलेश्वर महादेवलाई केदानाथको शिर घोषणा गरिएपछि त्यहाँ आएका भक्तजन डोलेश्वरबाट चार किमी परको आशापुरीसम्म आउन थालेको स्थानीय बासिले बताउनुभयो ।

    साविक सिपाडोल–४, हाल सूर्यविनायक नगरपालिका–७ मा पर्ने आशापुरी महादेव मन्दिर भक्तपुर र काभे्रको सिमानामा जगाती चोकबाट १० किमी दूरीमा पर्छ जहाँ जगाती चोकबाट सवारी साधनमा आधा घन्टा र पैदल हिँड्दा करिब दुई घन्टा लाग्छ । त्यसो त आशापुरी जाने पहिलेको मुख्य बाटो काभ्रेको साँगा चोकबाट दक्षिणतर्फको हो तर त्यसकोे स्तरोन्नति नहुँदा अलि अप्ठ्यारो भएको स्थानीयवासीको भनाई छ ।

    आशापुरेश्वर महादेवको शिवलिङ्ग सानो कालो पत्थरको छ जुन अति सुन्दर देखिन्छ, साथै रहस्यको कुरा त के छ भने हाल सम्म यहां रहेको शिवलिङ्गको मापन आजसम्म कसैले गर्न नसकेको सचिव सापकोटा बताउनुहुन्छ ।

    शिवलिङ्ग वरिपरि बेरिएर रहेको तामाको नागको आभूषणले मूर्तिलाई थप आकर्षक बनाएको छ । मुख्य मन्दिर वरिपरि गणेशलगायत विभिन्न देवीदेवताका मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरको ठीक अगाडि उत्तरतर्फ फर्किएको पञ्चमुखी धारा (पाँच ढुङ्गेधारा) छन् जहाँ २४सै घन्टा कलकल ध्वनिका साथ पानी बग्ने गर्छ ।

    मन्दिरको प्रसिद्धि र भक्तजनको ओइरोसँगै आशापुरी क्षेत्रमा भौतिक पूर्वाधारको समेत विकास र विस्तार हुन थालेको छ । मन्दिर वरपरका पुराना सत्तल तथा पाटीको मर्मत तथा पुनःनिर्माण हुन थालेको छ । सुरक्षाका लागि प्रहरी चौकीको स्थापना गरिएको छ । मन्दिरमा व्यवस्थित पूजापाठका लागि २०५४ सालमा श्री आशापुरेश्वर संरक्षण समिति गठन गरिएको थियो । हाल समितिले मन्दिरको व्यवस्थापन, नियमित पूजापाठ, मन्दिर वरपरको भौतिक पूर्वाधारको विकास र विस्तारका कार्य गरिरहेको समितिका अध्यक्षले जानकारी दिनुभयो ।

    आशापुरी महादेवको वास्तविक नाम आशापुरेश्वर महादेव हो । आशापुरेश्वरबाट अप्रभंश भई बोलीचालीमा आशापुरी हुन गएको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । विशेषगरी मनले चिताएको इच्छाआकाङ्क्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्ती पाइनेसमितिका सदस्य एवम् मन्दिर व्यवस्थापन समितिका संयोजक वीरबहादुर तामाङले बताउनुभयो । उहाँले आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरुले छोराको प्राप्तिका लागि पूजा आराधना गर्ने गरेको बताउनुभयो ।

    समितिले केही समयअघि भागवत पुराण सञ्चालन गर्दै अर्थ सङ्कलन गरेको छ । सो रकम र जिविसलगायत निकायबाट प्राप्त सहयोगसमेतबाट मन्दिर वरपरको भौतिक पूर्वाधार विकास गरिएको छ । मन्दिरमा काभ्रे भैँसेपाटी बासटोलका सत्याल पुजारी छन् । समितिले साउन महिनाको मेलामा उठेको रकमको एक तिहाइ पुजारीलाई दिने र दुई तिहाइ मन्दिर व्यवस्थापन खर्च गर्ने गरेको बताइएको छ ।

    परापुर्ब कालमा सुबर्ण नाम गरेको ऋषिले आफुले जीवनमा गरेको पाप पखाल्न, हिमालय पर्बतमा गई १० हजार वर्ष तपस्या गर्दा महादेब प्रसन्न भइ प्रतक्ष्य दर्शन दिनु भई के इच्छा भनी सोध्दा सुबर्ण ऋषिले पाप बाट मोक्ष पाउ भनी बरदान माग्दा, महादेबले एउटा सुकेको नासपातीको लठ्ठि दिनुभई, तिमि जुन धाममा पुगेर तपस्या गर्दा यो लठ्ठिमा नयां पालुवा पलाउछ, अनि मात्र तिम्रो पाप नास हुन्छ, भनेर आशिष पाएका सुबर्ण ऋषिले, अन्य हजारौ तिर्थस्थल चाहार्दा पनी लठ्ठिमा पालुवा नपलाउएको र यस आशापुरी धाममा उक्त सुकेको लठ्ठि गाडी ध्यानमा सकेर आउदा सुन्दर पालुवा पलाएको देखेर सुबर्ण ऋषिले यही बसी ध्यान गर्न लागेको किंवदन्ती रहेको छ । सुबर्ण ऋषिले गरेको पाप नासको, आशा पुरा भएको हुनाले यस पवित्र स्थानलाई आशापुरी महादेव भनिएको हो ।

    यस महादेव मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिले ज्यादै नै महत्वपुर्ण भएको र लिच्छवीकालीन रहेको कुरा शिवपुराणमा वर्णित छ भने त्यहा वर्णन गरिएको ६४ शिवलिङ्गमध्ये एक हो आशापुरी महादेव । साउन महिनामा हिन्दू नारीहरु पछिल्लो समय भक्तपुरका मनले चिताएको पुग्ने आशापुरी, ‘केदारनाथको शिर’ डोलेश्वर र नेपालकै अग्लो कैलाशधाम जाने क्रम बढेको छ ।

    प्राकृतिक सुन्दरताको बिचमा सजिएको दिब्यधाम आशापुरी महादेवको मन्दिरमा तपाई पनि आफ्नो आशा लिएर जान सक्नुहुनेछ ।

    सोमबार, असार ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer