• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ३१, २०८३
☰
आइतबार, साउन ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

दर्शनार्थीहरुको मनोकामना पुरा गर्ने र उपत्यकालाई सुरक्षित राख्ने चोभारका जल विनायक


  •   मङ्गलबार, असार ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । जलविनायक काठमाडौँका चार विनायक मध्येको एक हो । जलको प्रतीक मानिने चोभार गणेश जलविनायक लाई स्थानीय भाषामा कोयना द्यो भन्ने गरिन्छ। चोभार गल्छी ह्रासिकाप खोंचमा अवस्थित तीनतले प्यागोडा शैलीको यस मन्दिरमा गणेशको मूर्ति भने सादा ढुंगामा पूजिन्छ। प्र्रत्येक मंगलबार र भाद्र महिनाको गणेश चौथीका दिन यहाँ विशेष पूजा गर्ने चलन छ। यसका अलावा उपत्यकाका चार गणेश दर्शन गर्ने भनी बेला-बेलामा विशेष पूजा गर्ने परम्परा रहेको छ।

    Advertisement

    पौराणिक कथा अनुसार नेपालमण्डल अर्थात् काठमाडौँ उपत्यका पानीले भरिएको बेला स्वयम्भू ज्योति दर्शनार्थ महाचीन तिब्बतबाट आएका बोधिसत्व माजुश्रीले चोभार ह्रासिकाप गल्छी काटेर पानी बाहिर पठाएको बताइन्छ। त्यससँगै यहाँ गणेशको मन्दिर स्थापना भएको किम्वदन्ती छ। चोभार गणेशस्थान नजिक मन्जुश्री गुफा छ । यही आधारले यहाँ चहलपहल भइरहन्छ । ने.सं. ७२२ मा निर्मित कोयना गणेश मन्दिर परिसरमा सुःखावती लोकेश्वर वरुण, विष्णु सूर्य शिव पार्वती आदि देवीदेवताको मूर्तिसमेत प्रतिस्थापन गरिएको छ। परम्परागत शैलीमा सिंगारिएको धातुको पेगोडाशैलीयुक्त छाना आकर्षणको अर्को पाटो हो। मन्दिरको प्रवेशद्वारको दायाँ बायाँ दुई वटा सिंह र होचो स्तम्भमा गणेशको वाहन छुचुन्द्रो र टुँडालमा अष्टमातृका अष्टभैरव कुँदिएका छन्। कोयना गणेशलाई लड्डु पेंडा मात्र होइन राँगा, हाँस, कुखुरा आदि पशुपक्षीको बलि दिने मौलिक परम्परा छ।

    काठमाडौं सहरको दक्षिणपश्चिम चोभारमा जल विनायकको प्रसिद्ध मन्दिर छ । उपत्यकाको सबै पानी वाग्मतीमा मिसिएपछि यही चोभार हुँदै बाहिर निस्कने गर्दछ । यस स्थानको डाँडोबाट मञ्जुश्रीले खड्गले काटेर उपत्यकाको पानी बाहिर पठाएको किंवदन्ती पाइन्छ ।

    यसै गरी, कृष्णले दानासुरको वध गरी चोभारको डाँडो सुदर्शन चक्रले काटेर उपत्यकाको पानी बाहिर बगाएको तथा उपत्यकालाई बसोबास योग्य बनाएको विवरण पनि वंशावलीहरूमा पाइन्छ । यही चोभार क्षेत्रमा प्रसिद्ध जल विनायकको मन्दिर छ । यी गणेशलाई उपत्यकाका प्रसिद्ध चार विनायकमध्ये एक मान्ने गरिन्छ ।काठमाडौ उपत्यकाका प्रमुख चार विनायक मन्दिरहरु सुर्य विनायक, चन्द्र विनायक, अशोक विनायक, जल विनायक हुन ।

    मन्जुश्रीले काठमाडौ उपत्यकाको पानी खड्गले काटेर वाहिर पठाउने क्रममा, शुभ कार्य स्थापना गर्नु अगाडी श्री गणेशको पुजा आरधना गर्ने प्रचलन वमोजिम, जल विनायकको स्थापना गरी, पुजा आरधाना गरेर चोभारको डाडो काटेको किंवदन्ती रहेको छ । यसरी उपत्यकामा वस्ति वस्नु भन्दा अगाडी स्थापना भएको हुनाले जल विनायकलाई, विनायक मध्ये जेठा विनायक भनिन्छ । काठमाडौ उपत्यकालाई दक्षिणतर्फ बाट आउने नकारात्मक उर्जाबाट सुरक्षा प्रदान गर्नको लागी दक्षिण तर्फ फर्किएका जल विनायकको स्थापना गरिएको स्थानीय पुजारी अनिशले कान्तिपथ अनलाईनलाई बताउनु भयो । पुर्विय दर्शनमा भगवान गणेशलाई गणपती पनि भन्ने गरिन्छ । सुरक्षा प्रदान गर्ने प्रमुखलाई गणपती भनिने प्रचलन अनुसार गणेश भगवानलाई उपत्यकाको सुरक्षा हेर्नको लागी चोभारमा स्थापना गरिएको अनिसले वताउनु भयो । मन्दिरको उत्तरपट्टी नदिको किनारमा बासुकी नागको बिशाल ढुंगाको प्रतिमा छ ।उपत्यकाबाट सम्पुर्ण पानी बाहिर पठाउने क्रममा नागदेवताहरुले उपत्यका नछोडुन भनेर बासुकि नागले पहरा दिईरहेको भनाई छ ।

    यस जल विनायक मन्दिरमा माघ महिनामा अरु समय भन्दा भक्तजनहरुको बढी आवागमन हुने गरेको स्थानीयहरु वताउछन । माघ महिनाको मंगलवार भत्तजनहरुको ठुलो भिड (दैनिक २००० बढी) लाग्ने गरेको बताईन्छ ।

    जल विनायक मन्दिरमा सानो जलको कुण्ड रहेको छ, उक्त कुण्ड विशेष पुजाको समयमा मात्र खुल्ला रहने र उक्त कुण्डबाट निस्केको जल किसानहरुले आफ्नो खेतवारीमा छर्किने प्रचलन रहेको छ । जसले गर्दा आफ्नो वाली सप्रने, वाढीबाट खेतवारीको सुरक्षा हुने जनविश्वास रहिआएको छ ।

    मन्दिरमा रहेको मुख्य मुर्तीमा भैरव र गणेशको मुर्ति प्रस्ट देख्न सकिन्छ । माथीपट्टी भैरवको मुर्ती र तलपट्टी गणेशको मुर्ती देखिएको सम्वन्धमा पनि गज्जबको किंवदन्ती रहेको पुजारी अनिस वताउनु हुन्छ । दक्षिण भारतबाट आएका तान्त्रिकले चोभारमा यज्ञ गर्नलाग्दा, नजिकै रहेका गणेशको पुजा आरधना नगरी यज्ञ गरेको हुनाले, भगवान गणेश क्रुद्द भएर उनको यज्ञ विथोल्न लागेपछी, भगवान गणेशलाई शान्त पार्न तान्त्रिकले भैरवलाई आव्हान गरी गणेश भगवानलाई शान्त पारेको हुनाले, जल विनायकमा रहेको मुख्य मुर्तीमा गणेश भगवान तल र भैरव भगवान माथी प्रष्टसंग देख्न सकिन्छ ।

    यस्तै पछिल्लो समय मन्दिरको तल्लो दुई छानामा रंगरोगन गरिएको छ भने सवैभन्दा माथिल्लो छानामा रंग लगाईएको छैन । सुनको जलप लगाईएको हुनाले, थप मर्मत गर्न पुरातत्व विभागको स्विकृत लिनु पर्ने भएकोले हाल मर्मत तथा रंगरोगन रोकिएको मन्दिरका पुजारीले वताउनु भयो ।

    मङ्गलबार, असार ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer