काठमाडौं । चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ।
Advertisement
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो ।
मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बिएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको जनाइएको छ।
सर्वोच्चले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन गत चैत १२ मा आदेश दिएको थियो।




