काठमाडौं । अन्त शुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोग पत्र दर्ता भएसँगै डा वैकुण्ठ अर्याल मुख्यसचिव पदबाट स्वतः निलम्बन भएपछि लीलादेवी गड्तौलाले निमित्तको जिम्मेवारी पाएकी छिन्।
Advertisement
उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छिन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइबार अर्यालसहित ११ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने कानुनी व्यवस्था अनुसार गड्तौलाले निमित्तको जिम्मेवारी पाएकी हुन्।अन्त शुल्क स्टिकर छाप्न मेसिन र मसी समेत किनेर छपाइको काम निजी कम्पनीलाई दिएर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
लामो समय सञ्चार मन्त्रालयमा रहेका उनी विरुद्ध टेरामक्स खरिदसहितका आधा दर्जन उजुरी विचाराधीन छ।




