काठमाडौं । न्याय सेवा आयोगले ८ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। आइतबार लिखित र अन्तवार्ताबाट प्राप्त अंकको आधारमा जिल्ला न्यायाधीशमा सिफारिस गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव अशोककुमार क्षेत्रीले जानकारी दिए।
Advertisement
क्षेत्रीका अनुसार खुलाबाट पहिलो नम्बरमा कमलकान्त जोशी, तेस्रो नम्बरमा वसन्त राज जोशी, छैटौं नम्बर नितिज राई र आठौं नम्बरमा चन्द्रमणि चापागाईँ सिफारिस भएका छन्।
त्यस्तै आन्तरिक खुलातर्फबाट दोस्रो नम्बरमा नारायण सापकोटा, चौथो नम्बरमा मणिराम ज्ञवाली, पाँचौं नम्बरमा अन्जनराज सापकोटा र सातौं तिलक कार्कीको नाम सिफारिस गरिएको छ।




