काठमाडौं । यसपालीको मनसुन लगभग देशभर फैलिएको छ । सरदर मितिभन्दा तीन दिन छिटो नेपाल भित्रिएको मनसुन अघिल्लो वर्षभन्दा १५ दिन ढिलो गरी देशभर फैलिएको छ। गत वर्ष सरदर मिति (१३ जुन) भन्दा एक दिन छिटो नेपाल भित्रिएको मनसुन ९ दिन ढिलो गरी देशभर फैलिएको थियो।
Advertisement
यस वर्षको मनसुन २८ जेठ अर्थात् १० जुनमा कोशी प्रदेशमा भित्रिएको थियो।
हिजो असार १० गते अर्थात् २४ जुनमा सुदूरपश्चिम प्रदेशभर मनसुन फैलिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज देशभर मनसुन फैलिएको जानकारी दिए।




