• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

राजदूतको लागी यी ४ मापदण्ड तय गर्दै रास्वपा


  •   मङ्गलबार, असार ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको राजदूतको लागि सार्वजनिक आह्वान गरेर नाम माग्ने भएको छ।
    त्यसका लागि उसले मापदण्ड नै बनाइसकेको छ।

    Advertisement

    राजदूत सिफारिससम्बन्धी मापदण्ड बनाउन उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल र सोविता गौतम रहेको समिति बनाएको छ।

    समितिले काम पनि सुरु गरिसकेको छ।

    यद्यपि, आइतबार (असार ९) संसद बैठक लामो चलेकोले रास्वपाको राजदूत छनौट समितिको बैठक बस्न सकेन। यही कारण बाँकी राजदूत सिफारिसको निर्णय गर्न समय लाग्ने भएको छ।

    रास्वपाले २ देशको राजदूत पाउने सत्ता गठबन्धनमा सहमति छ।

    ‘हामीले राजदूतमा नाम सिफारिस गर्न मापदण्ड बनाएका छौँ, सार्वजनिक रूपमा नाम आह्वान गर्दै छौँ,’ समितिका एक सदस्यले नेपालखबरसँग भने, ‘आम नागरिकले पनि सिफारिस गर्न सक्नुहुन्छ। हाम्रै पार्टीलगायत शुभेच्छुकहरूले पनि नाम दिनुहुन्छ।’

    समिति अहिलेसम्म व्यक्तिमा नगइसकेको र मापदण्डको मसौदा मात्र तयार पारेको ती सदस्यले नेपालखबरलाई जानकारी दिए।

    यस्ता छन् मापदण्ड

    समितिमा रहेका सदस्यहरूले चारवटा मापदण्ड तय गरिएको बताए।

    पहिलो, कूटनीतिक–राजनीतिक क्षमता, अनुभव, अर्थ–राजनीति बुझेको, अर्थशास्त्र, सार्वजनिक मुद्रा बुझेको व्यक्ति हुनुपर्नेछ ।
    दोस्रो, नेपालबाहिर रहेका नेपालीहरूसँग सम्बन्ध विस्तार गर्न सक्ने, नेपालीलाई परेको समस्या समाधान गर्न सक्ने हुनुपर्नेछ।
    तेस्रो, भाषा र कूटनीतिक क्षेत्रमा दख्खल राख्ने।

    चौथो, जुन देशको भए पनि त्यहाँको भूगोल, नियम कानुन र राजनीतिक व्यवस्थाबारे जानकार व्यक्तिलाई प्राथमिकता दिइने।

    यी चार मापदण्डका साथै व्यक्तिको सार्वजनिक छवि तथा व्यक्तिगत कार्य क्षमतासमेत हेरेर नाम तय गर्ने रास्वपाको तयारी छ।

    रास्वपाले पाउने देश निश्चित भइसकेको छैन।

    जेठ २४ मा सरकारले ११ देशका राजदूत फिर्ता बोलाएको थियो।

    ८ वटा देशमा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले भागबण्डा गरेर सिफारीस गरिसकेका छन्।

    एमालेको भागमा ६, जसपा २ र माओवादी १ परेको भनिएको छ।

    बाँकी रहेका देशहरूमा कतार, इजरायल र पोर्चुगल छन्।

    प्याकुरेलले अस्वीकार गरिसकेको र अरू केही विवादित पात्रका कारण अझै खाली हुने आकलन छ।

    रास्वपाले नेपालीका प्रमुख श्रम गन्तव्यमध्येको देश माग गरेको छ। नेताहरूका अनुसार कतार र इजरायललाई रास्वपाले उच्च प्राथमिकता दिएको छ।

    तर, भागबण्डाका आधारमा तय हुने भएकोले अडान नै लिने पक्षमा रास्वपा नेता छैनन्।

    उनले आइतबार (असार ९ मा) प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाउँदै राजदूत बन्न अस्वीकार गरेका हुन्।

    सिफारिसमा परेका केहीको विषयमा विवाद देखिन थालेको छ।

    यही मेसोमा रास्वपाले सार्वजनिक रूपमै मापदण्ड दिएर नाम माग्न लागेको हो।

    शुक्रबार नै नाम तय गर्ने प्रयासमा रहेका रास्वपाका नेताहरू पार्टी स्थापना दिवस र शनिबार विभिन्न कार्यक्रममा व्यस्त भएर रोकिएका थिए।
    आइतबारसम्म आइपुग्दा उनीहरू सिफारीसमा परेकाहरूको असन्तुष्टि देखिन थालेको र केही विवादित भएको कारण समय दिएरै नाम छान्ने निष्कर्षमा पुगेका हुन्।

    ‘अहिलेसम्म नाममा प्रवेश नै गरेका छैनौँ, हामीलाई राजदूतमा नाम सिफारिस गर्न केही दिन लाग्छ,’ सांसद शिशिर खनालले भने, ‘बाहिर अनेक खालका चर्चा चले पनि पारदर्शी ढंगले हाम्रो पार्टीले नाम पठाउँछ।’

    मङ्गलबार, असार ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer