• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

प्रोस्टेट कस्तो रोग हो र उपचार कसरी गर्ने


  •   बिहिबार, असार १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । खासमा प्रोस्टेट के हो, यो किन हुन्छ भन्ने आजकल आमचासोको बिषय बनेको छ । प्रोस्टेटको समस्याले पुरुषहरु पीडित भएको पाइन्छ । प्रोस्टेट एक मुत्रनलीसँग सम्बन्धि रोग छ जुन पुरुषहरुमा देखिने गर्दछ । उमेर बढ्दै जाँदा अरु ग्रन्थिझैँ यो पनि बढ्न थाल्छ ।

    Advertisement

    यो अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयमा समस्या आउन सक्छ । धेरैलाई यसबारेमा त्यति जानकारी भएको पनि पाइँदैन ।

    प्रोस्टेट के हो ?

    प्रोस्टेट पुरुषको एक प्रजनन् अङ्ग हो । पुरुषहरुमा मात्र हुने ग्रन्थि पनि हो, प्रोस्टेट । यसलाई पुरुष ग्रन्थि पनि भनिन्छ । यो ग्रन्थि पिसाब थैलीको मुनि र मुत्रनलीको वरपर हुन्छ । उमेर बढ्दै जाँदा अरु ग्रन्थि झंै यो पनि बढ्न थाल्छ । तर, यो अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयको समस्या आउन सक्छ र यहि पक्रिया नै प्रोस्टेट हो । प्रोस्टेट ग्रन्थिले एक किसिमको तरल पदार्थ उत्पादन गर्छ । खासगरी यसले शुक्रकिटलाई, वीर्यलाई चाहिने पोषण तत्व उत्पादन गर्छ ।

    यो रोग लाग्ने प्रमुख कारणहरु के–के हुन् ?

    यस्तो समस्या हुनुको कारण भनेकै बुढेशकालमा पुरुषहरुको हर्मोनमा गढबढी हुन्छ । यसको आकार बढ्दै गएपछि पिसाबनलीको बाटो अवरोध गरिदिन्छ । यसकारण प्रोस्टेटको समस्या हुन्छ ।

    कुन उमेर समूहका व्यक्तिहरुलाई यो समस्याले सताउने गर्छ ?

    यो रोग विशेषगरी वृद्व अवस्था अर्थात् पाको उमेरमा लाग्ने रोग हो । उमेर बढ्दै जाँदा यो रोग लाग्ने सम्भावना अधिक हुन्छ । तर युवाअवस्थामा पनि यो समस्या हुँदै नहुने भन्ने चाहिँ होइन ।

    यसमा के–कस्ता लक्षणहरु देखा पर्छन् ?

    प्रोस्टेट ग्रन्थीको वृद्धिसँगै पिसाबमा अवरोध र विभिन्न लक्षण देखापर्ने गर्छ । पिसाबको धारा कमजोर हुनु, पिसाब फेर्न बल लगाउनुपर्ने, पिसाब फेर्दा ढिलो पिसाब आउनु, पिसाब फेर्न शुरु गर्न गाह्रो हुनु, पिसाब पोल्नु, दुख्नु र पिसाबमा रगत देखिनु, पिसाब चुहिनु, थोपाथोपा झर्नु र पिसाब खुल्ने, रोकिने क्रम पटक–पटक हुनु, पिसाब फेरिसकेपछि पनि पिसाब थैलीमा पिसाब रहेको जस्तो भारी महसूस हुनु, धेरैपटक पिसाब लाग्नु, आकस्मिक रूपमा पिसाब लाग्नु र केही क्षण पनि रोक्न नसक्नु, तल्लो पेट दुख्नु, रातो पिसाब आउनु, मूत्रनलीमा पीडा हुनु, पिसाब रोकिने जस्ता लक्षणहरु देखिन सक्छन् ।

    कसरी सतर्कता अपनाउने ?

    सर्तकता भन्नाले यो रोग उमेर बढ्दै जाँदा निम्तने समस्या हो । यसकारण हामीले भनेका लक्षणहरु देखापर्ना साथ चिकित्सकको परमार्श लिनु औषधी उपचार गराउनु र नियमित औषधीको सेवन गर्नु नै सबैभन्दा उत्तम हो ।

    यसको उपचार विधि के–कस्तो छ ?

    पहिलो कुरा त पिसाबकै समस्या प्रोस्टेटकै कारणले हो भन्ने कुरा पत्ता लाग्नुप¥यो । यदि हो भने यसको पहिलो उपचार विधि भनेको औषधि उपचार नै हो । यसले पिसाबलाई सहज बनाउँछ । पिसाबले पनि भएन भने अप्रेशन गर्न सकिन्छ । अहिले अप्रेशन पनि चिरेर गर्नु पर्दैन । दुर्विनको पाताले यो ग्रन्थीलाई खुुर्केर पिसाबको बाटो बनाउन सकिन्छ ।

    यसका बिरामीहरुले कस्तो खानपान र जीवनशैली अपनाउनुपर्छ ?

    यो खानपानसँग सम्बन्धीत रोग होइन । तर हामीले हरियो हर्बल बुराहरुको सेवन गर्नसक्छौं । व्यायामलाई हामीले प्राथमिकतामा राख्न सकिन्छ । महत्वपूर्ण कुरा त चिकित्सकको सल्लाहमा लक्षण अनुसार उपचार, औषधिको प्रयोग नै जरुरी छ ।

    के–कस्ता जोखिम र जटिलताहरु निम्तिन सक्छ ?

    पिसाबको समस्या हुने बित्तिकै प्रोस्टेट ग्रन्थिको समस्या हो भनेर किटान गर्न नसक्दा समस्या बढ्दै जान्छ । प्रोस्टेट वृद्धिलाई समयमै उपचार नगरेमा पिसाब रोकिने, पिसाब निखरिन नसक्दा संक्रमण हुने, पत्थरी हुने, पिसाब मृगौलामा पुग्ने र सुनिने, पिसाबमा रगत मिसिने, मृगौलामा पानी जम्ने, मूत्रथैली सुन्निने, मूत्रथैली बिग्रने समस्या उत्पन्न हुन्छन् । यसकारण समयमै रोगको पहिचान गर्न आवश्यक छ ।(जोय नेपाल)

    बिहिबार, असार १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer