• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बालबालिकामा मानसिक समस्या हुन नदिन अभिभावकले के गर्ने?


  •   बिहिबार, असार १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । केही वर्षयता मानसिक समस्याले युवापुस्तादेखि बालबालिकासमेत ग्रसित छन् । बढ्दो सूचना प्रविधिको प्रयोग र व्यस्त जीवनशैलीले धेरैको जीवन प्रभावित पारेको छ । यसको असर बालबालिकामा पनि देखिन थालेको छ ।

    Advertisement

    केही समयअघिसम्म बालबालिकामा त्यति बढी मात्रामा मानसिक समस्या भएको नपाइए पनि पछिल्ला वर्षमा परिवारको स्नेह, मोबाइल लगायत डिभाइसहरूको लत लगायतका कारणले बालबालिकामा समेत मानसिक समस्या देखिने गरेको पाइन्छ ।

    बालबालिकामा कस्तो मानसिक समस्या हुन्छ? स–साना बालबालिकालाई यस्ता समस्याबाट कसरी जोगाउन सकिन्छ लगायतका विषयमा मनोविद् डा. विनोद पौडेलसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी:

    बालबालिकामा कस्तो मानसिक समस्या हुन्छ?

    बालबालिकाहरुमा पनि मानसिक समस्या र मनोसामाजिक समस्या हुन्छ । पहिला–पहिला अलि उमेर भएका वयस्क व्यक्तिहरुमा मात्रै मानसिक समस्या हुन्छ भन्ने थियो । तर, पछिल्ला अध्ययनहरुले बालबालिकाहरुमा पनि यस्तो समस्या हुने देखाएको छ । नेपालमै गरेको सर्वेअनुसार १७–१८ वर्ष मुनिका बालबालिकामा समेत यस्तो मानसिक र मनोसामाजिक समस्या हुनसक्ने देखाएको छ । साना उमेरका बच्चाहरु पनि बढी चिन्तित हुने, उदास भएर बस्ने समस्या रहेको अध्ययनले बताउँछ । उदासीनताकै कारण बच्चाहरुले आफूलाई हानी पुग्ने काम गर्ने गर्छन् ।

    बच्चाहरुमा के कारणले मानसिक समस्या उत्पन्न हुन्छ ?

    यस्तो हुनुमा मुख्य तिन कारण हुन्छ । जुनसुकै मानसिक समस्याको पनि कारण केलाएर हेर्नुपर्छ ।

    एउटा त मनोवैज्ञानिक कारण हुन्छ । बालबालिकाले एकदमै सानो उमेरमा भोगेका हिंसाहरु, उनीहरुमाथि भएको दमन शोषण र ठूला दुर्घटनाका कुराहरुले बालमस्तिष्कमा असर गरेको हुन्छ । जब उनीहरु बुझ्ने हुन्छन्, तब ती पहिलेका कुराहरु स्मरण हुन्छन् र त्यही कुराहरु मनमा खेलिरहन्छ । यो नै मनोवैज्ञानिक समस्या हो । कलिलो उमेरमा उनीहरुमा घटेका घटनाहरु अरुलाई भन्न सक्ने र मनका कुराहरु साट्न सक्ने हुँदैनन् । मनमा लागेका कुराहरु परिवारका अन्य सदस्यहरुलाई भन्नुपर्छ भन्ने पनि हुँदैन । यसकारण पछि बच्चाहरुमा मनोवैज्ञानिक समस्या हुनसक्छ । परिवारमा झै–झगडा भइरहन्छ भने त्यो विवादित वातावरणले पनि बाल मस्तिष्कमा धेरै असर परिरहन्छ ।

    त्यस्तै शारीरिक कारण पनि हुनसक्छ । यो समस्या भनेको शारीरिक वृद्धि विकास क्रमले ल्याउने गर्छ । यदि बच्चाको शारीरिक वृद्धि विकास अन्य बच्चा सरहले भएन तुलनात्मक व्यवहारले पनि बालबालिकामा चिन्ताको भावना र मानसिक दबाब उत्पन्न गराउँछ । उदाहरणको लागि निकै दुब्लो पातलो भयो, हाइट बढेन अथवा धेरै कालो भयो भने उनीहरु एक–अर्कामा तुलना गर्न थाल्छन् र मानसिक चिन्ता बढ्छ ।

    त्यस्तै अर्को वंशाणुगत कारण पनि हुन सक्छ । यदि बाबु–आमामा र परिवारका अन्य सदस्यहरुमा यस्तो मानसिक समस्या छ भने बच्चाहरुमा पनि स्वत: उक्त समस्या देखापर्ने सम्भावना बढी हुन्छ ।

    अर्को भनेको सामाजिक समस्या पनि हो । बच्चाहरुलाई आफ्ना साथीहरुले बुलिङ गर्ने, होच्याएर केही भने अथवा शिक्षकहरुले गाली गरे, घरपरिवार र छिमेकका व्यक्तिहरुले केही भनेमा पनि उनीहरुले मनमा ती कुराहरु लिन सक्छन् र मानसिक समस्या हुनसक्छ । साथै पछिल्लो समयत २–३ कक्षामा पढ्ने कलिला विद्यार्थीहरुकै पनि एक झोला किताब हुन्छ ।

    यसकारण उक्त किताबको बोझ, धेरै गृहकार्य गर्नुपर्ने बोझ लगायतका कुराहरुले पनि मानसिक स्वास्थ्यमा असर पार्छ । पछिल्लो समय बालबालिकाहरु एक्लिँदै गइरहेका छन् । आमाबुवाको पर्याप्त साथ पाइरहेका छैनन् । उनीहरुले धेरै समय मोबाईल टिभी जस्ता ग्याजेटहरुमा बिताइरहेका छन् ।

    बालबालिकाको उमेर भनेको बाहिरी वातावरणमा खेल्नु पर्ने, दौडिनुपर्ने र सबैसँग घुलमिल हुनुपर्ने उमेर हो । तर उनीहरु धेरै समय मोबाईलमै छन् । यसकारण यस्तो समस्या निम्तिरहेको छ । जब बालबालिकालाई तनाब हुन्छ । तब निन्द्रामा समस्या हुन्छ । किशोरावस्थासम्म बालबालिकाको ब्रेनको विकास भइरहेको हुन्छ । ब्रेनको विकास भन्ने बित्तिकै राम्रोसँग सुत्न पाएन भने दिमागको संज्ञानात्मक विकास हुन पाउँदैन ।

    बालबालिकामा मानसिक स्वास्थ्य समस्या हुँदा देखिने लक्षणहरु कस्ता खालका हुन्छन् ?

    बालबालिकामा के बितिरहेको छ, उनीहरुले मनमा के सोचिरहेका छन् भन्ने कुरा अभिभावकले प्रष्ट रुपमा बुझ्न सक्दैनन् । तर उनीहरुले देखाउने स्वभाव र व्यवहारबाट आँकलन गर्न सकिन्छ । जस्तैः बालबालिकाले खाना खान मन गरेनन्, साना–साना कुरामा रिसाउन थाल्यो । एक्लै टोलाएर बस्न थाल्यो, अरुले बोलेका कुराहरु झर्को मान्न थाल्यो, स्कुल कलेज जान मन नगर्ने, दिक्क मान्ने पढ्न मन नगर्ने, हरेक कुरा टार्न खोज्ने, निन्द्रा नलाग्ने लक्षणहरु देखिएमा मानसिक समस्या भएको आँकलन गर्न सकिन्छ । यस्तै चिन्तासँग सम्बन्धीत समस्या भयो भने बान्ता हुने, पेट दुखिरहने, सास फेर्न गाह्रो हुने, हात खुट्टा काम्ने जस्ता शारीरिक समस्याहरु पनि देखिन्छन् ।

    कति उमेरदेखिका बालबालिकाहरुमा मानसिक समस्या देखिन्छ ?

    मैले मेरो उपचार अनुभव बताउनुपर्दा ८–९ वर्षदेखिका बालबालिकाहरुमा मानसिक समस्याको सिकार भएर हामीकहाँ आइपुग्छन् ।

    यसमा अभिभावकको कस्तो भूमिका रहन्छ ?

    यसमा अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । धेरै भन्दा धेरै कुरा बालबालिकाहरुले अभिभावकको नै अनुसरण गर्ने हो । अहिलको जमाना डिजिटल छ । सबैजना आफ्नो परिवारका सदस्यहरुसँग भन्दा ग्याजेट्समा नै व्यस्त भएको देखिन्छ । यसकारण अभिभावकले आफ्ना बच्चाहरुलाई समय दिन आवश्यक छ । सधैभरी पढ मात्रै भनेर उनीहरुलाई पनि आजित बनाउनु हुँदैन ।

    आफ्ना बालबालिकाहरु विद्यालयबाट फर्किएपश्चात् धेरै समय नभ्याए पनि कम्तिमा आधा घण्टा सँगै बसेर दिनभरी के–के भयो, कसले के भन्यो जस्ता कुराहरुमा वार्तालाप गर्ने गर्नुहोस् । बच्चाहरुलाई काम अह्राएर आफू मोबाइल चलाएर बस्ने कहिले नगर्नुहोस् ।

    तपाईंले राम्रो व्यवहार र राम्रो काम गर्नुभयो भने मात्रै बच्चाहरुले पनि त्यही फलो गर्ने हो । यसकारण परिवारमा सौहार्दपूर्ण वातावरण बनाउनुहोस् । बच्चाहरुका अगाडि तथानाम भन्ने, गाली झगडा गर्ने कदापि गर्नु हुँदैन । मुख्यकुरा बालबालिकाको व्यवहारलाई नियाल्नुपर्छ । यसो गरेमा उनीहरुमा भएको समस्या पहिचान हुन सक्छ ।(joy nepal)

    बिहिबार, असार १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer