काठमाडौँ । अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै गण्डकी प्रदेशका केही, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका धरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुनेछ ।
महाशाखाका अनुसार हाल मनसुनी प्रणालीको प्रभाव कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको छ बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यसैको प्रभाव आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।




