काठमाडौं । आज ६ वटा प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ।
मनसुनी वायु देशभर फैलिँदा आज दिउँसो कोशी, वागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, लुम्बिनी र कर्णालीका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।




