• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

युवामा किन मानसिक समस्या बढी देखिन्छ, यसको समाधान कसरी गर्ने ?


  •   शुक्रबार, असार १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । युवामा मानसिक अस्वस्थता कति छ भन्‍नेबारे नेपालमा कुनै तथ्यांक छैन। यद्यपि, विश्‍वका २० प्रतिशत युवा मानसिक स्वास्थ्य समस्याको अवस्थामा रहेको आधारमा नेपालमा पनि सोही प्रतिशत प्रभावित भएको हुनसक्ने अनुमान गर्न सकिन्छ।

    Advertisement

    सन् २०१२ मा भएका विभिन्‍न अध्ययनको आधारमा ८५ देखि ९० प्रतिशत मानसिक स्वास्थ्य समस्या निग्‍न र कम आय भएका देशका युवामा छ भने ५ प्रतिशत उच्च आय भएका देशका। अब जानौं युवामा मानसिक समस्याका कारण।

    – वंशाणुगत, व्यक्तित्व र अभिभावकको उच्चआकांक्षाको स्तर

    – बाल्यावस्थाको आधार र बाल्यकालीन संवेगात्मक बेवास्ता
    – रुचि र करिअर छनोटमा तालमेल नहुनु
    – सामाजिक सांस्कृतिक गलत प्रतिस्पर्धा
    – बालमनोविज्ञानको अभाव
    – आमाबुवा र पारिवारिक झैझगडा
    – वैवााहिक जीवन सोचेजस्तो नहुनु
    – बेरोजगारी, वैदेशिक रोजगारी र पारिवारिक बिछोड
    – आघातजन्य घटना, मानसिक समस्याप्रति लाञ्‍छना र भेदभाव
    – रीतिरिवाज, धर्म, संस्कृति र परम्परा
    – इन्टरनेट र लागूऔषधको दुरुपयोग
    – आर्थिक संकट र दीर्घरोग
    – संस्कार र युवा भावनाबीच मतभेद
    – सञ्‍चार, फेसन र सिकाइ
    – बसाइँसराइका कारण नयाँ वातावरणमा घुलमिल हुन गाह्रो हुनुलक्षण
    – उदासी देखिने, बढी चिन्ता भएर रुने
    – भोक र तौलमा परिवर्तनमा आउने
    – रुचि र मन पर्ने गतिविधिमा कमी आउने
    – ऊर्जामा कमी र ध्यानकेन्द्रित गर्न कठिनाइ
    – अपराधी वा असहाय भावना आउने
    – निन्द्रा वा सुत्‍ने बानीमा परिवर्तन आउने
    – आत्महत्याको सोचाइ आउने
    – स्कुलपछिका गतिविधि वा साथीहरूबाट टाढिने
    – विद्यालयको पढाइ र प्रदर्शन बिग्रने

    मानसिक स्वास्थ्य प्रबर्द्धनका अवरोध

    – मानसिक स्वास्थ्यालाई कलंक मान्‍ने प्रवृत्ति
    – मानसिक स्वास्थ्यबारे उचित जानकारीको अभाव
    – अशिक्षा र गरिबी
    – नेपालको ग्रामीण भेगमा ८० प्रतिशत जनसंख्या बसोबास गर्नु तर ती क्षेत्रमा मानसिक स्वास्थ्यको पहुँच नहुनु
    – मानसिक स्वास्थ्यको बारेमा कक्षा ९-१०, ११-१२ का पाठ्यक्रममा आधारभूत जानकारी नगराइनु
    – मानसिक स्वास्थ्य प्रबर्द्धनमा राज्यको उदासिनता
    – मानसिक स्वास्थ्य र मनोविज्ञानका दक्ष जनशक्ति न्यून हुनु
    – मनोवैज्ञानिक परीक्षण, मनोविमर्श सेवा र अनुसन्धानको अभाव
    – उपयुक्त र पर्याप्त मात्रामा अध्ययन र अनुसन्धान सामग्रीको अभावमा तथ्यमा आधारित विधिको उपयोग नहुनु

    समाधानका उपाय

    – युवाको रुचिअनुसारका काममा संलग्‍न हुने खालको रोजगारी सिर्जना गर्न करिअर मनोविमर्शको व्यवस्थासहितको शैक्षिक व्यवस्थापन गर्नु पर्छ
    – युवालाई आनन्द प्रदान गर्ने व्यवहारमा संलग्‍न हुनका लागि अनिवार्य रूपमा जीवनउपयोगी सीपको जानकारी गराउने
    – युवासम्बन्धी संघसंस्थाले तालिमका कार्यक्रममा मानसिक स्वास्थ्यका कार्यक्रमलाई पनि अनिवार्य संलग्‍न गराउने
    – वैदेशिक रोजगारीमा जाने युवालाई अनिवार्य सांस्कृतिक समायोजन, कार्यस्थल मानसिक स्वास्थ्यको अवधारणा र स्व-हेरचाहका विधिको तालिम सञ्‍चालन गर्ने
    – अति तनावपूर्ण जीवनशैली भएका व्यवसाय जस्तै- स्वास्थ्य, उद्योग र कलकारखानामा संलग्‍न युवालाई लक्षित गरेर कार्यस्थल मानसिक स्वास्थ्यको सचेतना फैलाउने
    – युवालाई वैवाहिक जीवनमा बाँधिनुपूर्व वैवाहिक मनोविमर्शमा लगेर अनिवार्य मनोशिक्षा प्रदान गर्ने
    – युवालाई नै संलग्‍न गरेर युवा मानसिक स्वास्थ्य प्रबर्द्धनकर्ताको संयुक्त सञ्‍जाल निर्माण गरी अन्तर व्यवसायिक मानसिक स्वास्थ्यको जानकारी गराउने
    – राज्यले आफ्ना मातहतका निकायका युवा कर्मचारीको मनोवैज्ञानिक परीक्षणको माध्यमबाट उनीहरूको अवस्थाको जानकारी लिई मानसिक स्वास्थ्यको बारेमा अनिवार्य रूपमा पाठ्यक्रममा व्यवस्था गर्ने
    – मानसिक स्वास्थ्यसम्बन्धी निश्‍चित नीति र कार्यक्रम निर्माणको आवश्यकता

    शुक्रबार, असार १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer