• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०२, २०८३
☰
मङ्गलबार, भदौ ०२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

लामो समय पिसाब च्यापेर बस्ने बानी छ ? यस्तो बानी घातक हुनसक्छ


  •   शुक्रबार, असार १४, २०८१ मा प्रकाशित
  • हामीमध्ये धेरैजसोको बानी हुन्छ, दिसा–पिसाब आउने बित्तिकै शौचालय नजाने अल्छी गर्ने र सकेसम्म रोकेर बस्न खोज्ने । हामीलाई धेरै नै च्यापेपछि मात्रै हामी शौचालय जान्छौ जुन निकै खराब बानी हो ।

    Advertisement

    जसरी हामीले भोक लाग्नसाथ खाना–खाजा खान्छौ र यदि खाएनौ भने ग्यास्ट्रिक,पेटसम्बन्धी निम्तन्छ । यसैगरी हामीलाई दिसा–पिसाब लागेको हामी समयमै शौचालय गएनौ भने विभिन्न समस्याहरू निम्तन सक्छ ।

    पिसाब भनेको हाम्रो शरीरको विकार पदार्थ हो र यसलाई समयमै विसर्जन गरिएन भने इन्फेक्सन हुनसक्छ । यस्तै पिसाब थैलीको बनावट बेलुन जस्तै हुन्छ । पिसाब लाग्दा फुल्ने र फेरिसकेपछि सुक्ने इलास्टिक जस्तो हुन्छ । तर पिसाब समयमा फेरिएन भने इलास्टिक घट्दै जाने हुन्छ ।

    सामान्यतया मिर्गौलाबाट आउने नलीबाट पिसाब थैलीमा आएको पिसाब फेरि युरेटरमा फिर्ता जाँदैन । तर कोही बच्चामा रिफ्लेक्स डिजिज पिसाब थैलीको पिसाब पनि मूत्र नलीतिर गएर मिर्गौलासम्म पनि जान सक्ने हुन्छ । त्यस्तो रिफ्लेक्स डिजिज भएको बच्चाले लामो समय पिसाब रोकेर राख्दा मिर्गौलाकै सङ्क्रमण नै पनि हुन सक्छ ।

    वयस्कहरूमा पिसाब रोक्ने समस्याले स्टोन हुनसक्छ, पिसाब थैलीको भित्ताहरू बाक्लो हुने हुन्छ सम्भावना अधिक हुन्छ । र फिल्डमा काम गर्ने व्यक्तिहरुले शौचालयको अभावमा पानी नै नखाने हुँदा पिसाब नै नलाग्ने हुनसक्छ ।

    पिसाब रोक्ने बानीले पिसाबको सङ्क्रमण बारम्बार भइरहन सक्छ । लामो समय र बारम्बार पिसाब रोक्ने बानीले पिसाब थैली कमजोर हुने, मूत्र नलीमा ढुङ्गा बन्ने समस्या पनि हुन सक्छ । साथै पिसाब रोक्ने बानीले दीर्घकालीन रूपमा मिर्गौलाको समस्या नै निम्तिन सक्छ ।

    यसले बालबालिकाहरूमा मिर्गौलाको समेत समस्या निम्ताउन सक्छ भने,वयस्कहरूमा स्टोन हुने सम्भावना प्रबल रहन्छ र उमेर ढल्किएका पुरुषहरुमा भने प्रोस्टेट बढेमा यस्तो समस्या हुनसक्छ । र पुरुषहरूको तुलनामा महिलाहरूको पिसाब नली सानो हुने हुँदा मूत्र नलीको सङ्क्रमण हुने खतरा बढी हुन्छ ।

    दिनमा कति पटक र कति समयको अवधिमा पिसाब फेर्नुपर्छ ?

    सामान्यतया दिनमा ७ देखी ८ पटक र दुई–दुई घण्टाको अवधिमा पिसाब फेर्ने गर्नुपर्छ । अघि छिटो छिटो पिसाब फेर्न दौडिरहनुपर्ने पनि राम्रो होइन र दुई घण्टा भन्दा लामो समयसम्म पिसाब नफेर्नाले पनि विभिन्न समस्या निम्तिन सक्छ ।

    कुनै अवस्थामा पिसाब फेर्न सम्भव नै भएन भने पनि तीन घण्टाभन्दा बढी पिसाब रोकेर बस्नु हुँदैन । पिसाब थैली भरिएपछि मिर्गौलाले नै पिसाब कम बनाउन थाल्छ । त्यसैले लामो समय रोकेर बस्दा मिर्गौलामा समस्या निम्तिन सक्छ । यसकारण :

    –प्रशस्त मात्रामा पानी पिउने

    लामो समय पिसाब रोकेर नबस्ने

    –शौचालयको सरसफाइमा ध्यान दिने

    –विद्यालयमा पनि बच्चालाई समय समयमा शौचालय पठाउने

    –बच्चालाई प्रशस्त मात्रामा पानी पिउन लगाउने गर्नुहोस् ।

    शुक्रबार, असार १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer