काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव फैलिँदा कोआज ५ वटा प्रदेशका केही स्थानमा भारी वर्षा सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यस्तै, गण्डकीका १-२ स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
आज राति देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, देशभर थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यस्तै, कोशी, वागमती र गण्डकीका १-२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।




