काठमाडौं । तनहुँ देवघाटधाममा रहेको महेश संस्कृत गुरुकुलमबाट यो वर्ष एसईई दिएका २० जनामध्ये १९ जना ए प्लस ल्याएर उत्तीर्ण भएका छन् । एक जनाको ए आएको छ । महेश सन्यास आश्रमले सञ्चालन गर्ने गुरुकुलममा आधारभूत तहको कक्षा ६ देखि आचार्य (स्नातकोत्तर तह) पढाइ हुन्छ । गुरुकुलमका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलका अनुसार २०५२ मा स्थापना भएको गुरुकुलममा एसईई दिने यो २७ औं समूह हो । यस गुरुकुलमले एसईईमा सधैं उत्कृष्ट नतिजा प्राप्त गर्ने गरेको छ ।
Advertisement
यस्तै यसै वर्ष यहांका जुम्ल्याहा दाजुभाई शिशिर र वसन्त ज्ञवालीले जिपिए ३.८२ र ३.७८ सहित ए प्सस ल्याएका छन ।




