• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

तत्काल प्रक्रिया अघि बढाएर निर्वाचन गराउन पत्रकार महासंघ नेतृत्वलाई ६ वटा संगठनको ध्यानाकर्षण


  •   सोमबार, असार १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । प्रेस चौतारी र प्रेस सेन्टरसहित ६ वटा संगठनहरुले निर्वाचनको तालिकाअनुसारको काम तत्काल अघि बढाएर असार २२ गते नै निर्वाचन गराउन नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण गराएको छ । ६ वटै संगठनले निर्वाचन समितिले केन्द्रीय समितिको उम्मेदवार मनोनयन रोकेकोप्रति गम्भीर आपत्ति जनाउँदै प्रक्रिया अघि बढाउन महासंघ नेतृत्वको ध्यानाकर्षण गराएको हो ।

    Advertisement

    सञ्चार सम्वद्ध संगठनका नेताहरु आज पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष बिपुल पोखरेल र महासचिव रोशन पुरीलाई निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवारी मनोनयन नहुनुको कारण र निर्वाचन समितिको सूचनाबारे जवाफ मागेको थियो । निर्वाचन कार्यतालिकाअनुसार शनिवार केन्द्रीय समितिको उम्मेदवारी मनोनयन रहेको थियो । तर अपरान्ह निर्वाचन समितिले अध्यक्ष र महासचिवको निर्देशनअनुसार भन्दै अनिश्चितकालका लागि प्रक्रिया रोकेको सूचना जारी गरेपछि ६ वटै संगठनका अध्यक्षसहितको टोली पत्रकार महासंघका नेतृत्व भेटन आज साँझ पत्रकार महासंघको केन्द्रीय कार्यालय पुगेका हुन ।

    महासंघ नेतृत्वसँगको भेटमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बिनाकारण प्रक्रिया रोकेर महासंघको नेतृत्वले आफ्ना सदस्य र आफैमाथि पनि गम्भीर घात गरेको भन्दै सोमवारबाटै प्रक्रिया अघि बढाउन माग गर्नुभयो । निर्वाचनमा प्रेस चौतारी नेपालको नेतृत्वमा अघि बढने निर्णयसहित ६ वटै संगठनले गठबन्धन बनाएका छन । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा बनाइएको गठबन्धनमा प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, प्रगतिशील पत्रकार संघ र जनपत्रकार संगठन रहेका छन ।

    गठबन्धनमा आवद्धमध्ये ५ संगठनका अध्यक्ष सम्मिलित टोलीले पत्रकार महासंघका अध्यक्ष पोखरेल र महासचिव पुरीलाई पक्रिया अघि नबढे आफूहरु साधरण सदस्यहरुको भेला बोलाएर निर्णय लिन बाध्य हुने कठोर निर्णय सुनाएका छन ।

    ‘नेपाल पत्रकार महासंघको गौरवशाली इतिहास, स्थापित मूल्य मान्यता, परम्परा र आम सदस्यको भावनाको कदर गर्दै लोकतान्त्रिक प्रक्रियामार्फत नेतृत्व हस्तान्तरण गर्नेभन्दा अराजकता मच्चाउने कहिल्यै निर्वाचन हुन नदिएर महासंघ कब्जा गरी अमुक संघ संस्थाको गोटी बन्ने र बनाउने कामलाई अव टुलुटुलु हेरेर बस्न सकिन्न, अव पनि अलोकतान्त्रिक बाटोतिरै अघि बढे पत्रकार महासंघको गरिमा र सदस्यको स्वाभिमान बचाउन हामी कठोर निर्णय लिन बाध्य हुनेछौं,’ महासंघ नेतृत्वसँग प्रेस चौतारी नेपालका अध्यष गणेश बस्नेतले भन्नुभयो । उहाँले अघिल्लो निर्वाचनमा आफूहरु हार्ने निश्चित भएपनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भएको स्मरण गराउँदै १२ घण्टाभित्र सवै पक्षसँग समन्वय गरी चुनावको प्रक्रिया सुचारु गर्न माग गर्नुभयो ।

    ‘अध्यक्ष र महासचिवले सुरक्षाको कारण देखाएर निर्वाचन समितिलाई चुनाव रोक्न निर्देशन किन दिनुभयो ? कस्तो सुरक्षा खतरा आइपर्यो ? हामीलाई सामान्य जानकारीसमेत नदिएर चुनावी प्रक्रिया रोक्नुको कारण के हो ? यसबारे सिधासिधा जवाफ चाहियो,’ बैठकमा अध्यक्ष बस्नेतले भन्नुभयो ।

    छलफलमा प्रेस सेन्टरका अध्यक्ष बिष्णु सापकोटाले अव पनि चुनावी प्रक्रिया अघि नबढाए आउने सवै परिणामको जिम्मेवार महासंघ नेतृत्व नै हुने बताउनु भयो । यस्तै क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष नारायण शर्मा र जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर परियारले आफ्नो संगठनमा आवद्ध रहेका पत्रकारलाई आस्थाकै आधारमा छानीछानी सदस्यबाट हटाउने आपत्तिजनक हर्कत भएपनि चुनावी बातावरण नबिथोलियोस भनेर सहभागी हुने निर्णय गरेको भन्दै असार २२ गते नै निर्वाचन गरेर महासंघले आफ्नो समाप्त हुन लागेको छवीमा केही भए पनि सुधार गर्न आग्रह गर्नुभयो ।

    छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र महासचिव रोशन पुरीले आफूहरुले चुनावी प्रक्रिया स्थगित गरेको नभई निर्वाचन समितिले बिना परामर्श सूचना जारी गरेको भन्दै सच्याएर अघि बढाउन पहल गरिरहेको जानकारी दिनुभयो ।

    ‘निर्वाचनको प्रक्रिया रोक्न महासंघले निर्वाचन समितिलाई मौखिक वा लिखित कुनै आग्रह गरेको छैन । एकाएक प्रक्रिया रोकिएको सूचना आएपछि हामीले निर्वाचन समितिसँग छलफल गरेर प्रक्रिया अघि बढाउन भनेका छौं,’ अध्यक्ष पोखरेल र महासचिव पुरीले भन्नुभयो, ‘चुनावी प्रक्रिया रोकेर पद लम्ब्याउने कुनै नियत छैन । हामी सोमवारबाटै प्रक्रिया अघि बढाउन पहल गरिरहेका छौं ।’(जनता टाईम्स)

    सोमबार, असार १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer