काठमाडौं । शास्त्रले बताए अनुसार महिलामा केही त्यस्ता सङ्केत वा चिन्हहरू भएमा उनीहरू पुरुषका लागि भाग्यमानी साबित हुन्छन् ।
यस्ता युवतीसँगको विवाह वा सङ्गतले नै तपाईँको भाग्य चम्किने विश्वास गरिन्छ । त्यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ । त्यस्ता सङ्केत के–कस्ता छन्–
कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यमानी र सुशील हुन्छन् ।
पैतालाको बूढी औँला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ ।
यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।
कन्याको नाभि गहिरो छ भने पनि शुभ मानिन्छ ।
हातका नङ पातला भएमा पनि कन्याहरूका लागि शुभ मानिन्छ ।
आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भने पनि यस्ती कन्यासँग सङ्गत गर्दा शुभ हुन्छ ।
कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।
यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।
निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरूका लागि यस्ता महिला शुभ मानिन्छन् ।
समुद्र शास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।
कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।




