• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

साझा फुलवारी र सर्भेयर्स नेपाल क्लवद्वारा वेद-विद्याश्रममा वटुक वस्त्र तथा स्टेशनरी बितरण


  •   सोमबार, असार १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । आज जुलाई १, अर्थात संसारकै ठुलो मानवीय तथा विशुद्द समाजसेवी संस्था लायन्स अन्तराष्ट्रियको स्थापना दिवश । यस अवसरमा नेपालमा १५ डिस्ट्रिक्ट अन्तर्गत रहेका विभिन्न लायन्स क्लवहरुले एकल वा सामुहिक रुपमा बिबिध मानवीय तथा सामाजीक कार्य गर्ने गरेका छन । सोही अवसरमा लायन्स क्लव अफ काठमाडौ साझा फुलवारी र नयां क्लव लायन्स क्लव अफ काठमाडौं सर्भेयर्स नेपालले संयुक्त रुपमा वुढानिलकण्ठ स्थित वेद-विद्याश्रममा अध्ययनरत वटुकहरुका लागि वस्त्र तथा स्टेशनरी बितरण गरेको थियो । लायन वर्ष २०२४-२५ गभर्नर चण्डी प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको पहिलो सेसनको अध्यक्षता लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीका लायन वर्ष २०२३-२४का अध्यक्ष कमल बहादुर खत्रीले गर्नुभएको थियो भने दोस्रो सेसनको अध्यक्षता लायन वर्ष २०२४-२५का अध्यक्ष आनन्द बुर्लाकोटीले गर्नु भएको थियो ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि तथा लायन वर्ष २०२४-२५का गभर्नर चण्डी प्रसाद अर्यालले यस पुण्यभुमिबाट आफ्नो कार्यकाल शुरु गर्न पाउदा आफु निक्कै खुशी भएको बताउदै, आयोजक क्लवहरुको खुलेर प्रशंसा गर्नुभएको थियो ।

    कार्यक्रममा लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीका पुर्व-अध्यक्ष कमल बहादुर खत्रीले आफ्नो एक वर्षको कार्यकालमा आफुसंगै रहेर अहोरात्र खट्ने साथिहरुलाई मायाको चिनो स्वरुप प्रशंसा पत्र दिनुभएको थियो ।

    कार्यक्रममा डिस्ट्रिक्ट फस्ट लेडी मैना अर्याल, पुर्व गभर्नर महेन्द्र पौडेल, क्याबिेनेट ट्रेजरर शम्भु वास्तोला , डिस्ट्रिक्ट सेक्रेटरिएट चिफ हरि चन्द्र तिवारी, को-चिफ एड्भाईजर तारा प्रसाद त्रिपाठी लगायतका उच्च लायन लिडरहरुको उपस्थिती भएको थियो भने डिस्ट्रिक्ट एडिसनल क्याविनेट सेक्रेटरी ईश्वर अर्यालले कार्यक्रम संचालन गर्नु भएको थियो । सोही अवसरमा प्रमुख अतिथि तथा लायन वर्ष २०२४-२५का गभर्नर चण्डी प्रसाद अर्यालले लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीका पुर्व-अध्यक्ष कमल बहादुर खत्री र लायन्स क्लव अफ काठमाडौं सर्भेयर्स नेपालका  अध्यक्ष ई. सुन्दर देवकोटालाई अन्तराष्ट्रिय पिनबाट सम्मान गर्नु भएको थियो । यसै अवसरमा सांखु स्थित क्षितिज सामुदायिक विद्यालयमा एक शिक्षकलाई एक वर्षको तलब सुबिधा प्रदान गर्नुहुने लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीका संस्थापक सदस्य तथा क्लव डाईरेक्टर माधव नारायण तिवारीलाई अध्यक्ष कमल बहादुर खत्री र गभर्नर चण्डी प्रसाद अर्यालले दोसल्ला ओडाएर सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गर्नु भएको थियो ।

    कार्यक्रमका अतिथि तथा वेद-विद्याश्रमका प्राचार्य प्रकास रुपाखेतीले, लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीले हरेक वर्ष वेद-विद्याश्रममा अध्ययनरत वटुकहरुका लागी वस्त्र तथा स्टेशनरी लगायतका अन्य सामाग्री बितरण गर्दै आएकोमा खुशी व्यक्त गर्दै क्लवले गरेको मानवीय र सामाजीक सेवाको खुलेर प्रशंसा गर्नु भएको थियो ।

     

    सोमबार, असार १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer