• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जनताको कुरा बोलेकै आधारमा निलम्बन गरियोः डा. ढकाल


  •   बिहिबार, असार २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बिहानैदेखि पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठक तनावपूर्ण रह्यो।

    Advertisement

    महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने गरी आजको बैठक बोलाइएको थियो।बैठकमा सहभागी हुन पुुगेका महामन्त्री ढकाल फरक तरिकाले प्रस्तुत भए। मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर बैठकमा पुगेका उनले सुरुदेखि नै प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राखेका थिए।

    उनको मागलाई फ्लोरले नै अस्वीकृत गरेपछि लाइभ हुन सकेन। ढकालले लगेको लिखित प्रस्ताव पनि बैठकमा राख्न सभापति रवि लामिछानेले अनुमति दिएनन्। त्यसपछि पार्टी बैठकमा मौन बसेका महामन्त्री ढकाल आफ्ना केही कुरा नराखी बैठकबाट निस्किए।

    बैठकमा सहभागी एक नेताका अनुसार, उपस्थित ५२ जनाले नै महामन्त्री ढकालको प्रतिवेदनमाथि धारणा राखेका थिए। ५२ मध्ये ५० जनाले महामन्त्रीको व्यवहार र कार्यशैलीमाथि प्रश्न उठाए। उनीहरू सबैले समग्रमा भनेका थिए, ‘पार्टीभित्रका कुराहरू छलफल नै नगरी मिडियामा ल्याउनु महामन्त्रीको गम्भीर भूल भयो।’

    उनीहरूले पार्टी बैठकमा कच्चापन प्रदर्शन भएको टिप्पणी पनि गरेका थिए। बैठकमै सहभागी ती केन्द्रीय सदस्यका अनुसार, दुई जना केन्द्रीय सदस्य भने महामन्त्री ढकालको पक्षमा उभिएका थिए। संसदीय दलकी सचेतकसमेत रहेकी सांसद निशा डाँगी र कोसी प्रदेश संयोजक राजेश तिम्सिनाले महामन्त्रीको पक्षमा बोलेका थिए।

    यसैविच ढकाललाई असार १९ गतेदेखि लागु हुने गरी सात दिनका लागि निलम्बन गरिएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासहीन व्यवहार गर्नुका साथै पार्टीको छवीमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपा संस्थापन पक्षको आरोप छ।

    बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए। ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवाद सतहमा आएको थियो।

    रवि लामिछानेले प्रस्तुत गर्न नदिएको रास्वपा महामन्त्री मुकुल ढकालको प्रस्तावमा के छ?डा. ढकालले भने आफूलाई बोलेकै आधारमा सभापति लामिछानेले निलम्बन गरेको उल्लेख गरेका छन्। बुधबार मध्यराती सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो धारणा राखेका हुन्।

    “विगत लामो समयदेखि परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो। पद गौण हो, जनताका कुरा बोलिदिँदा कारवाहि भए पनि बोल्नपर्छ लाग्यो र बोले। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए”, उनले लेखेका छन्।

    पार्टीमा जनताको आवाज बोल्दा सभापति विरुद्ध बोले जस्तो हुने गरेको उनले उल्लेख गरेका छन्। ढकालले लेखेका छन्, “जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाही भएको छ।”

     

    बिहिबार, असार २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer