• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

तपाईको नेपाल टेलिकमको सिमकार्ड अर्काको नाममा छ ? यसरी ल्याउनुहोस आफ्नो नाममा


  •   बिहिबार, असार २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । अर्काको नाममा रहेको नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नुहुन्छ, त्यो गैह्रकानुनी हुनसक्छ । यसलाई तुरुन्त आफ्नो नाममा ल्याईहाल्नुहोस । नत्र पछि कानुनी रुपमा र व्यवहारिक रुपमा पनि अफ्ट्यारो नपर्ला भन्न सकिन्न ।

    Advertisement

    विगतमा नेपाल टेलिकमको सिम लिने प्रक्रिया झन्झटिलो हुँदा धेरै प्रयोगकर्ताले अर्काको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्दै आइरहेका छन्।

    सूचना प्रविधिको तीब्र विकाससँगै विभिन्न अनलाइन सेवा उपयोग गर्न मोबाइल नम्बरको प्रयोग आवश्यक हुन्छ। विभिन्न अनलाइन सेवा उपयोग गर्दा मोबाइल नम्बरमा ओटीपी लगायत अन्य अत्यावश्यक सूचना आउने गर्छ। गोपिय सूचनालाई अनाधिकृत व्यक्तिको पहुँचमा पुग्नबाट रोक्न पनि आफ्नै नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नुपर्ने हुन्छ।

    यदि अरुको नामको सिम प्रयोग गर्ने गर्नु भएको छ भने भोली ती व्यक्तिले सिमकार्ड ब्लक गरेर आफैँ प्रयोग गर्ने सम्भावना पनि हुन्छ।

    तपाईले प्रयोग गर्ने विभिन्न सामाजिक सञ्जाल, मोबाइल बैंकिङ, भुक्तानी सेवा प्रदायक वालेटलगायतको पासवर्ड परिवर्तन गर्दा पनि मोबाइल नम्बरमानै ओटीपी आउने गर्छ। अन्य व्यक्तिको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्दा तपाईको अत्यावश्यक महत्वपूर्ण सेवा अवरुद्ध हुनका साथै धन र सामाजिक प्रतिष्ठा पनि गुम्न सक्छ। यस्तो समस्याबाट बच्नका लागि सकभर आफ्नै नाममा सिमकार्ड लिनु पर्ने हुन्छ।

    साथै, राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अत्यन्त जरुरी अवस्था देखिएको छ। मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको खण्डमा मात्र मोबाइल बैंकिङलगायत सुविधाहरु सुरक्षित साथ प्रयोग गर्न सकिने अवस्था पनि सिर्जना भएको छ।

    अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिबाट रकम गुमाउनु पर्नेसम्मको अवस्था तथा सामाजिक सञ्जालको दुरुपयोग भई अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ। नेपाल टेलिकम सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा सिमकार्ड आफू स्वयं उपस्थित भई प्राप्त गर्न विभिन्न समयमा अनुरोध गर्दै आइरहेको छ।

    आफूले प्रयोग गर्ने सिम अरुको नाममा दर्ता भएको भए यसरी आफ्नो नाममा ल्याउन सकिन्छ

    यदि तपाईले प्रयोग गर्ने सिम आफ्नो नाममा नभएमा जसको नाममा दर्ता छ उसको नागरिकता प्रमाणपत्र र आफ्ना नागरिकता प्रमाणपत्र र १ प्रति पासपोर्ट साइजको फोटोसहित दुबैजना नेपाल टेलिकमको नजिकैको काउन्टरमा सम्पर्क गरी सिमकार्डको नासारी गर्न सकिन्छ।

    कुनै ग्राहक अशक्त भएमा निजको मञ्जुरीनामा पत्र र परिचय पत्रको सक्कल तथा प्रतिलिपी, तथा सिम लिनआउने व्यक्तिको सक्कल परिचयपत्रसहित उपस्थित भएमा तथा कुनै ग्राहकको मृत्यु भएमा नाता प्रमाणित गर्ने कागजात र मृत्यु प्रमाण पत्र सहित हकवाला नातेदार सक्कल कागजात तथा परिचयपत्र सहित उपस्थित भएमा सिमकार्ड उपलब्ध हुन्छ।

    वास्तविक प्रयोगकर्ता भन्दा फरक ग्राहकको विवरण भएको अवस्थामा सिम लिने ग्राहकको कबुलियतनामा पत्र र परिचय पत्रका साथमा ग्राहक आवेदन फाराम भरेपछि थप पुष्ट्याँई गरेर पनि नेपाल टेलिकमको सिमकार्ड परिवर्तन गर्न अर्थात आफ्नो नाममा ल्याउन सकिन्छ।

    बिहिबार, असार २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer