काठमाडौं । आजकल फेसबुक र म्यासेन्जर नचलाउने मान्छे पाउन गाह्रै पर्ला । बाबुआमाले आफ्ना साना बालबालिकाका समेत फेसबुक आइडी बनाइदिएका हुन्छ । फेसबुकले आफ्नो मेसेन्जर प्रयोगकर्ताहरूलाई स्क्रिन शेयर फिचर उपलब्ध गराएको छ । यो फिचरबाट मेसेन्जरमा भिडियो तथा अडियो कल गर्दा आफ्नो डिभाइसको स्क्रिन शेयर गर्न सकिने छ । तर सबैलाई यो सुबिधाका बारेमा थाहा नहुन सक्छ । जानीराखौ फोनसंगै स्क्रिन सेयर गर्ने तरिका ।
एन्ड्रोइड तथा आइफोनमा स्क्रिन शेयर गर्न
सबै भन्दा पहिला कसैलाई म्यासेन्जरमा कल गर्ने,
कल गरिरहेको बेला कल कन्ट्राेलका अतिरिक्त फिचर देखाउनका लागि स्क्रिन स्वाइप गर्ने,
त्यसपछि सेयर स्क्रिन भन्ने आइकनमा ट्याप गर्ने,
त्यसपछि स्टार्ट सेयर स्क्रिन सेयरमा टच गर्ने,
यति गरेपछि तपाईँको स्क्रिन सेयर हुन्छ । तर कतिपय डिभाइसमा निश्चित एप्लिकेसन विन्डो मात्रै शेयर गर्ने विकल्प दिएको हुन्छ त्यस्तो भएमा आफूलाई उपयुक्त हुने विकल्प छान्न सकिन्छ ।
त्यसपछि मेसेन्जरलाई स्क्रिन रेकर्ड गर्ने अनुमति दिनुपर्ने हुनसक्छ । यसका लागि अलाे वा स्टार्ट रेकडिङमा ट्याप गर्ने यति गरिसकेपछि तपाईँको स्क्रित सेयर हुन्छ ।
अब हटाउने कसरी त ? स्क्रिन शेयर गर्ने बेलामा स्क्रिनको माथि वा तल्लो भागमा सानो कन्ट्रोल प्यानल हुन्छ यसबाट शेयरिङ बन्द गर्न, माइक्रोफोन म्युट गर्न तथा क्यामरा खोल्न वा बन्द गर्न सकिन्छ । र त्यसमा स्टप भन्ने बटनमा क्लिक गर्दा बन्द हुन्छ ।




