• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ३१, २०८३
☰
आइतबार, साउन ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पुर्वियदर्शनमा चामलबिना पूजा किन पूर्ण हुदैन ? कारण यस्तो


  •   बिहिबार, असार २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । “छोरी रा-ता अक्षता मुछत, वुहारी रा-ता अक्षता मुछत”, यो संवाद हरेक हिन्दु धर्मालम्वीको घरमा दिनहु जसो सुन्न पाईन्छ । चाड-पर्व होस् वा देवि-देवताको पुजा हामिलाई अक्षता नभई हुदैन । अक्षता बनाउन चामल नभई हुदैन ।

    Advertisement

    हिन्दु धर्ममा सबै देवी-देवताको पूजामा चामलको प्रयोग विशेष रूपमा हुने गर्छ । चामल बिना पूजा पूर्ण भएको मानिँदैन । पूजामा प्रयोग हुने चामललाई अक्षता पनि भनिन्छ । कुनै पनि पूजामा सिम्रिक, बेसार, अबिर तथा केसरीको साथै अक्षता चढाइन्छ । अक्षताको अर्थ हुन्छ नभाँचिएको । जसको रंग सेतो हुनु पर्‍यो । पूजाका लागि अक्षताको प्रयोग अनिवार्य छ । अक्षता नभएमा पूजा पूर्ण नहुने धार्मिक विश्वास छ।
    पूजामा यस मन्त्रका साथ अक्षता भगवानलाई चढाइन्छ ।

    अक्षताश्य सुरश्रेष्ठ कुंकुमाक्ताः सुशोभिताः ।
    मया निवेदिता भक्त्याः गृहाण परमेश्वर ।।

    यो मन्त्रको अर्थ हुन्छ, हे भगवान्, सिम्रिकको रंगबाट सुशोभित यो अक्षता तपाईँलाई समर्पित गर्दछु । कृपया तपाई यसलाई स्वीकार गर्नुहोला । यसको यही भाव हुन्छ कि अन्नमा अक्षता अथवा चामल श्रेष्ठ मानिन्छ । यसैले चामललाई देवान्न पनि भनिन्छ । देवताको पनि प्रिय अन्न चामल नै हो ।

    चामलसँग जोडिएका विशेषता

    पूजा कर्ममा देवी-देवतालाई चामल चढाइन्छ । साथै कुनै व्यक्तिलाई निधारमा टिका लगाउँदा पनि अक्षताको प्रयोग गरिन्छ । अक्षता पूर्णताको प्रतीक पनि हो । किन भने यो टुक्रिएको हुँदैन । त्यसैले अक्षतालाई पूजामा चढाउनुको अर्थ हाम्रो पूजा पनि अक्षता जस्तै पूर्ण हुनेछ । यसमा कुनै बाधा नआओस् । पूजा बीचमा नटुटोस् अर्थात् अधुरो नहोस् भन्ने अर्थ लाग्छ । यसै प्रार्थनाका साथ भगवानलाई चामल चढाइन्छ ।

    चामललाई अन्नहरूमा सर्वश्रेष्ठ मानिन्छ । यसको सेता रङ्ग शान्तिको प्रतीक पनि हो । भगवानलाई चामल चढाएर पूजा गर्नुको अर्थ चामल जस्तै हाम्रो पूजा पनि पूर्ण होस् र जीवनमा शान्ति मिलोस् भन्ने कामना हुन्छ ।

    भगवानलाई चामल चढाएको समयमा केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । चामल टुक्रिएको हुनुहुँदैन । अक्षता पूर्णताको प्रतीक भएकाले सबै चामल नटुक्रिएको हुनु पर्नेछ । चामल सफा र स्वच्छ हुनु पर्नेछ ।

    कुन भगवानलाई चढाइँदैन चामल

    चामललाई माता लक्ष्मीको प्रतीक मानिन्छ। तर पनि भगवान् विष्णुको पूजामा चामल चढाइँदैन । शालिग्रामको पूजा गर्दा पनि अक्षताको प्रयोग हुँदैन । भगवान् विष्णुको पूजामा चामलको प्रयोग गर्दा दोष प्राप्त हुने जनविश्वास रहेको छ ।

    पण्डितहरूका अनुसार यदि तपाईँ भगवान् विष्णुसँगै लक्ष्मीको पूजा गर्दै हुनुहुन्छ भने सेतो चामलमा सिन्दुर लगाई पूजा गर्न सक्नुहुन्छ। साथै हनुमानजीलाई चामल चढाइँदैन । पछिल्लो समय यी कुराहरूमा विश्वास गर्नेको सङ्ख्या कम छ ।

    बिहिबार, असार २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer