• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

वागमतीको पुकार वालेनसंग “वालेन !! मलाई त आजकल यस्तै के-के लाग्छ के-के लाग्छ”


  •   बिहिबार, असार २०, २०८१ मा प्रकाशित
  • वागमती भन्छिन, “वालेन !! मलाई त आजकल यस्तै, के-के लाग्छ के-के लाग्छ”।

    Advertisement

    किसानले कुलो काटेर वारिमा पुर्याउदा, मलाई देखेर वालिहरु हर्षले नांचिदिउन जस्तो लाग्छ ।

    ज्यापु दाईका साग मुला र गाजरहरु मसंग पखालिदा, असली रुप जस्तै देखिदिउन जस्तो लाग्छ ।

    फुर-फुर पुच्छर नचाउदै जोडी भगेरीले पालैपालो टप्प-टप्प मलाई टिपिदिउन जस्तो लाग्छ ।

    किनारमा चरेर टुमुक्क अघाएका पशुले, सुई-सुई धित मरुन्जेल मलाई पिईदिउन जस्तो लाग्छ ।

    वागमती भन्छिन, “वालेन !! मलाई त यस्तै के-के लाग्छ के-के लाग्छ”।

     

    बटुवाले नाक थुनी हिड्दा, घुक्क-घुक्क रोएकी मलाई, आहा !! वागमती भन्दै हिडिदिउन जस्तो लाग्छ ।

    मैला सवारीहरु फुत्त किनारमा झरेर, मेरै पानीले सफा चट्ट भएर गईदिउन जस्तो लाग्छ ।

    म संगै वसेर वुढी आमाले, डङ्डङ्ग मुङ्ग्राले ठटाउदै मैऽऽलो तन्ना धोईदिउन जस्तो लाग्छ ।

    म संग मिल्दा इच्छुमती र विष्णुमतीहरु सुन्दर मुहार लिएर हास्दै-हास्दै काखमा वसिदिउन जस्तो लाग्छ ।

    वागमती भन्छिन, “वालेन !! मलाई त यस्तै के-के लाग्छ के-के लाग्छ”।

     

    आफन्तको सदगद गर्न आंशुझार्दै आर्यघाट आएका मलामीले मेरै चिऽऽसो पानीमा ढुक्कले नुहाएर गईदिउन जस्तै लाग्छ ।

    दिनभर चोखो रहेर पितृ उद्दारमा बसेका यजमानसंग गोकर्णका गुरुले मेरै पानीमा नुहाएर पितृको उद्दार गरिदिउन जस्तो लाग्छ ।

    कोशी र कर्णालीको तिरमा टल्किए जस्तै लोभलाग्दा वालुवा, शंखमुलको चउरमा पनि टलक्क टल्किदिउन जस्तो लाग्छ ।

    कपडाका पोका रिक्साभरी बोकेका धोविघाटका धोविहरुले मैसंग मैऽऽला कपडा धोईदिउन जस्तो लाग्छ ।

    वागमती भन्छिन, “वालेन !! मलाई त यस्तै के-के लाग्छ के-के लाग्छ”।

     

    जल विनायकका रिठ्ठे र गिठ्ठेहरुले चोभारको ढिस्कोबाट झम्म्म्म्म हाम्फालेर ढुक्कले पौडिदिउन जस्तो लाग्छ ।

    कम्मरमा सपक्क पटुका कसेका फुलमाया र सुकुमारीहरुले घैटो भरी मलाई लिएर घर-घर दौडिदिउन जस्तो लाग्छ ।

    माऽऽथी आकासमा उड्ने चिलले हावाको गतिमा आएर, म भित्र खेल्दै गरेको असला माछो टप्प टिपिदिउन जस्तो लाग्छ ।

    वाग्द्वारमा जस्तो छु नि ! वालेन, चोभारबाट पनि उस्तै कन्चन बगिरहन मन लाग्छ, चोभारबाट पनि कल-कल बगिरहन मन लाग्छ ।

    वागमती भन्छिन, “वालेन !! मलाई त आजकल यस्तै, के-के लाग्छ के-के लाग्छ”।

    (लेखक तथा सर्जक: “यो सुन्दा तिमीलाई कति आनन्द लाग्छ होला, वालेन” का रचनाकार ईश्वर अर्याल हाल भूगोल केन्द्रिय विभाग किर्तिपुरमा पिएचडी अध्ययनरत हुनुहुन्छ।)

     

    बिहिबार, असार २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer