काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको यु– २० उमेर समूहका खेलाडीको केन्द्रीय छनोट कार्यक्रममा १०५ जना खेलाडी दोस्रो चरणमा पुग्न सफल भएका छन् । बुधबार एन्फाले छनोट भएका १०५ जना खेलाडीहरूको नाम सार्वजनिक गरेको हो ।
Advertisement
अर्को चरणमा पुग्ने खेलाडीहरुलाई बिहीबार बिहान ९ः ३० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा आवश्यक खेल सामग्रीसहित उपस्थित हुन एन्फाले अनुरोध समेत गरेको छ ।




