काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ।
Advertisement
आज दिउँसो सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा मधेशका १–२ स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका १-२ स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
आज राति कोशी र मधेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कोशीका १-२ स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।




